टिपरको ठक्करबाट दोलखाका एक युवकको मृत्यु

बैशाख ३१, रामेछाप ।

टिपरको ठक्करबाट गए राति दोलखाका एक युवकको मृत्यु भएको छ । इन्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत सुरज बुढाथोकी मोटरसाइकलमा काठमाण्डौ आँउदै गर्दा टिपरले तनहुँको आँबुखैरेनी गाउँपालिका-२ खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिएको थियो ।नेपाली सेनामा कार्यरत दोलखाको शैलुङ गाउँपालिका-७ फस्कु स्थायी घर भएका २७ वर्षीय बुढाथोकीको मृत्यु भएको हो ।

 तनहुको डुम्रेबाट आवुखैरनी तर्फ जादै गरेको बागमति प्रदेश २-०१८ प ७८९३ नं को मोटर साईकललाई विपरित दिशावाट आउदै गरेको ग १ क २८७७ नं को टिपरले आवुखैरेनी गाउँपालिका-२ खानीखोला स्थित लोकमार्गामा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सीनाले बताए ।

प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सीनाका अनुसार  गम्भिर घाइते भएका बुढाथोकीको पुरानो मेडिकल अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।आमा बिरामी भएर उपचारका लगि काठमांडौ लगे पछि आमालाई भेट्न हिडेका उनको टिपर ठक्करबाट ज्यान गएको हो ।

सोही मोटरसाइकलमा सवार रामेछाप जिल्ला गोकुलगंगा-४ बस्ने २० वर्षीय अनिल खड्काको भने भरतपुर अस्पतालमा नै उपचार भइरहेको अस्पताले जनाएको छ । मोटरसाइकलाई ठक्कर दिई फरार रहेको टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।