सम्पूर्ण स्थानीय सरकार, आफू चढ्ने गाडी एम्बुलेन्स बनाऊ

(काेभिड सन्दर्भकाे खुला पत्र)

आदरणीय जनप्रतिनिधिज्यूहरु,
नमस्कार ।


खासै लेख्नुपर्ने कुरा त होइन तर यो संकटमा, रामेछाप जिल्लामा भएको स्वास्थ्य अवस्थाको बारेमा नलेखी बस्न सकिनँ ।
दुःखद कुराबाट सुरु गरेँ, रामेछाप मन्थलीमा एकजनाले ज्यान गुमाउनु पर्यो, त्यो पनि कोभिडको कारणले, । अझ सुनिन्छ समयमै एम्बुलेन्स नपाएर रे, समय संकटको छ । यस्तो अवस्थामा जिल्लाभर स्वास्थ्य सम्बन्धी केही गर्नु पर्ने हो ।
हामीले पहिलो त सुरक्षित रहनुपर्छ, यदि गाह्रो भैइहाल्यो भने समयमै अस्पताल पुग्नु र पुर्याउनु पर्छ । तर रामेछापमा सम्पूर्ण जनप्रतिनिधि र सरोकारवाला आफै सुरक्षित बसेको देखिन्छ ।


आदरणीय जनप्रतिनिधिज्यू,
मेरो कुराहरू तितो लाग्ला, रामेछाप जिल्लाबाट प्रतिनिधि सभाको सदस्य मानवीय श्यामकुमार श्रेष्ठज्यु कता छन् ? यो कोभिडको विषयमा बोल्नु पर्दैन ? कमरेड श्याम श्रेष्ठज्यू यो ठूलो समस्या, यस्ता समस्या आउने कुरा पहिले थाहा पाउनु पर्ने हो ? तपाईं दोस्रो पटक चुनाव जित्नु भएको नेता, के अस्पताल बनाउने सोच राख्नु भो कहिल्यै ? तपाईं भाषण ठूला ठूला हुन्छन् सबै रामेछाप बिकास मैले गरेको भन्न पछि पर्नु हुन्न ? भन्दै जाँदा तामाकोशी मैले बगाएको हूँ भन्न पछि पर्नु हुन्न । तर तपाईंको पहलताको काम हेर्ने हो भने उपलब्धिमूलक र चित्तबुझ्दो छैन । ६४ साल पछि केही परिवर्तन भए त्यो तपाईं र तपाईंको पार्टीले गरेको होइन । समयको माग हो भन्ने कुरा प्रष्ट पार्छु । त्यसैले बिन्ती चढाउँछु, अब केही गर्नुस् । १० वटा मात्र भए नि भेन्टिलेटर सहितको अस्पताल निर्माण गरौँ । अर्का नेता बागमती प्रदेशका माननीय अर्थमन्त्रीज्यू, अलिकति पनि हिनताबोध छैन तपाइलाई ? बागमती प्रदेशका प्रायः सबै जिल्लामा पिसिआर परीक्षण गर्ने मेसिन छन् तर तपाईंको जिल्लाको चुनाबी क्षेत्रको नागरिक एम्बुलेन्स नपाएर मर्छन् । अनि बिकास रे अलिकति अप्ठ्यारो मान्नुस् । अब यो बिषयमा बोल्नु जरुरत छैन ? यो आपत्देखि भाग्ने तपाईंको पनि लेखाजोखा राख्ने छाँै मन्त्रीज्यू । तेस्तै रामेछापका अर्का माननीय शान्तिप्रसाद पौडेल कता छन् ? केही समय अगाडि राजनीति अस्थिरता हुँदा हामी यता छौँ भनेर टासिंएको पम्पप्लेट सहित देखेका हौँ ।


लाग्छ, उहाँलाई अहिले चिसो लागेर होला कतै देखेका छैनौं । देबशंकर पौडेल नेताज्यू, बूढो हुनु भयो होला । नागरिकको बिषयमा नबोल्नुस किनकी तपाईंको समाजमा फेरि चर्चा आउँछ । अस्ति सडकमा आउँदा चिसो लाग्यो होला । तपाईंको सम्पूर्ण टिमलाई सुप पिएर बस्न आगह्र गर्नुस् ।


रामेछापकै अर्का युवा नेता राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेलज्यू । म अनुय बिनय गर्छु, कृपया जिल्लामा केही हेर्नुस् । एकदिन लेखा जोखा राख्ने छौँ । हुन त तपाइँले गर्नु हुन्न र पनि अन्तिम पटक भन्छौ, युवा परिचालन गर्नुस् ।


प्रतिपक्षाका नेता जि कता हुनुहुन्छ लक्ष्मण घिमिरेज्यू, तपाईं रामेछापकै हो ? मलाई लाग्छ तपाई रामेछाप नगएको एक दशक भयो होला ? यदि रामेछापकै हो भने यो संकटमा कृपया १० सिलिण्डर अक्सिजन ग्याँस सहितको सिलिण्डर विश्वभरीबाट खोजेर रामेछापमा दिनुस् । तपाइको नाम सदैब लिइरहने मेरा हजुरबुबा, जसले तपाइलाई भोट हालेर मन्त्री सनेत बनाउनुभो । उहाँ अझ बाँच्नु हुन्छ । कृपया यो संकटमा मौन नबस्नुस् । अर्का नेता प्रतिनिधि सभाका पराजित कान्छाराम तमाङज्यू, तपाईं कता हराउनुभो ? तपाइले दिनुभएको एम्बुलेन्सले बिरामी बोक्न मान्दैन रे । यदि साच्चिकै हो भने खबरदार त्यस्ता एम्बुलेन्स चाहिँदैन । यो संकटमा जसरी नि अस्पताल पुर्याउन निर्देशन होस् अन्यथा परिणाम जटिल आउन सक्छ ।


जिल्लामा हेर्ने हो भने त सुरक्षा समिति र प्रशासन हेर्ने हो भने लाजमर्दो छ । कसरी संकट सामना गर्ने सोचेको देखिँदैन । लकडाउन कसरी कडा गर्ने मात्र छलफल हुन्छ ? सिडिओसाब्, यदि बन्द कडाइ मात्र उपाए होइन ? यस्ता गतिविधि मात्र भयो भने खबरदार ! तपाईंको बन्दाबन्दी हामी तोड्न तयार छौँ । प्रोटोकल र सुरक्षा अपनाउ ।


सम्पूर्ण स्थानीय सरकार,

आफू चढ्ने गाडी एम्बुलेन्स बनाऊ ।

(लेखक : रामेछाप काडमाडाै‌ सराेकार समाजका सचिव हुन् । साथै याे पत्र लेखककाे नीजि विचार हाे । – सम्पादक)