सम्पर्क समितिले गर्यो स्वास्थ्य समाग्री हस्तान्तरण

जेठ ४ रामेछाप ।

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाण्डौं सम्पर्क समितिले चनखु स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।

तत्काल स्वास्थ्य समाग्री लगायत औषधी अभाव नभएपनि भोलिका दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अभाव हुन सक्ने भन्दै स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री उपलब्ध गराएको नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाण्डौं सम्पर्क समितिका सभापती मोहन बुढाक्षेत्रीले बताए ।

मन्थली नगरपालिका–१० चनखु स्थायी घर भई काठमाण्डौमा बसोवास गर्ने कांग्रेस निकट ब्यक्तीहरुको सहयोगमा स्वास्थ्य संस्थालाई आवश्यक सुरक्षा समाग्री हस्तान्तरण गररएको हो । मन्थली नगरपालिका–१० चनखुका नेपाली कांग्रेसका सभापती गोपाल तमाङ र सम्पर्क समितिका सभापती मोहन बुढाक्षेत्रीले पिपिइ सेट ५ थान,, थर्मल गन २ थान,,  अक्सोमीटर २ थान लगाएत २० प्रकारका औषधी चनखु स्वास्थ्य चौकीका प्रमुख सरोज शर्मालाई हस्तान्तरण गरेको छ।