प्रेस युनियन द्वारा पत्रकार संकट व्यवस्थापन कोषमा सहयोग

नेपाल प्रेस युनियन रामेछापल आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट कोषमा आर्थिक सहयोग गरेको छ ।
युनियनले रामेछाप प्रेस युनियनमा आवद्ध सदस्यहरूबाट स्वतःस्फुर्त रुपमा संकलन गरेको ६५ हजार १ सय ७० रुपैया महासंघको कोषमा जम्मा हुने गरि संस्थागत रुपमा नै हस्तान्तरण गरिएको नेपाल प्रेस युनियनका रामेछापका अध्यक्ष अप्रिल अधिकारीले बताए । रकम हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले छोटो समयको सुचनामा केही रकम आएको भएता पनि पछि अन्य साथीहरुबाट पनि आएको रकम पुन महासंघलाई उपलब्ध गराउने समेत बताए ।
महासंघका अध्यक्ष बद्री नयाँघरे र कोषाध्यक्ष युवराज श्रेष्ठलाई युनियनका अध्यक्ष अप्रिल अधिकारी र कोषाध्यक्ष कुमार श्रेष्ठले एक अनौपचारिक भेटघाटमा उक्त रकम हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण कार्यक्रमा नेपाल प्रेस युनियन बागमति विशेष समितिका सचिव हिमाल ढुङ्गेल, नेपाल पत्रकार महासंघ बागमति प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, नेपाल प्रेस युनियन केन्द्रिय पार्षद सन्तोष ढूङ्गेल लगायतको सहभागिता रहेको थियो ।
उक्त रकम बुझ्दै महासंघका अध्यक्ष नयाँघरेले पत्रकार संकट कोषमा साथीहरुबाट संकलन गरेर संस्थागत सहयोग गर्ने प्रेस युनियन रामेछापका सबै सदस्यहरूलाई धन्यबाद दिँदै यस कोषमा पत्रकारहरु स्वयं, स्थानीय सरकार, समाजिक अभियान्ता, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, राष्ट्रसेवक कर्मचारी र ईच्छुक समाजका लव्धप्रतिष्ठित व्यक्तीहरुले सहयोग गरिरहेको र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताए ।