कार्कीकाे पहलमा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

जेठ २५, रामेछाप
कोरोना भाइरसको दोस्रो चरणको प्रभाव स्थानय स्तरसम्म फैंलदै गएको सन्दर्भमा रामेछापको मन्थली नगरपालिकालाई विविध स्वाथ्य सामग्री हस्तान्तरण गरिएको छ । आज नेकपा एमालेकी केन्द्रीय सदस्य गीता कार्की र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सोनु रोकाको संयुक्त पहलमा नेपाल स्केटिङ् एण्ड बोर्डिङ संघ मार्फत् प्रदान गरिएको अक्सिजन भरिएका सिलिण्डर ५ थान सहितका सामग्री नगरपालिकालाई सहयोग गरिएको छ ।


मन्थली नगरपालिकाले पाएको स्वास्थ्य एवम् मेडिकल सामग्रीमा ग्यास भरिएको अक्सिजन ५ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, एन्टिजेन किट १ सय थान, भिटिएम किट ५ सय थान, पल्स अक्सिमिटर २ थानर सर्जिकल मास्क ५ सय थान रहेका छन् । यो सँगै पीपीई सेट १५ पीस, गाउन २० थान, १ सय पीस एन–९५ मास्कर २ थान थर्मल गन नगरपालिकाकी उपप्रमुख मायाकुमारी कार्कीलाई हस्तान्तरण गरिएको हो ।
नगरपालिकाका कार्यकारी प्रमुख लिलाराज पौडेल र स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँलको उपस्थितीमा उपप्रमुख कार्कीलाई सामान हस्तान्तरण गरिएको सोनु रोकाले जानकारी दिनुभयो ।


सामान हस्तान्तरण गर्दा एमाले रामेछापका जिल्ला कमिटी सचिवालय सदस्य ध्रुव कार्की, एमाले मन्थली नगर कमिटीका सचिव रामबाबु घिमिरे, युवा संघका नेताहरु पुष्कर कार्की र महेन्द्र भुजेल सहित समाजसेवी अमरेशकुमार मोक्तान उपस्थित थिए ।