सेवा ईन्टरनेशनल र हिन्दु स्वयमसेवकले गर्यो औषधि वितरण

जेठ ३१ रामेछाप।

सेवा ईन्टरनेशनल नेपाल र हिन्दु स्वयम सेवक संघले रामेछापमा विभिन्न औषधि वितरण गरेको छ । सो दुबै संस्थाहरू मिलेर फोर्टिप्लेक्स, जुलिड,स्कर्भिट, सिटाफोन, डेट्रिज लगायतका औषधिहरू वितरण गरेको हो ।

संस्थाले खाँडादेवी ४ को वडा कार्यालयमा ५० प्याकेट, मन्थली नगरपालिका ७ भटौलीको स्वास्थ्य चौकीलाई ४० प्याकेट, मन्थली प्राथामिक स्वास्थ्य केन्द्रलाई ५० प्याकेट र रामेछाप नगरपालिका वडा नं. ८ लाई ५० प्याकेट गरि १ सय नब्बे प्याकेट औषधि वितरण गरेको हिन्दु स्वयमसेवक मन्थली नगर संबाहक संतोष मैनालीले बताए । यो संस्थाले यस्तै औषधिहरू रामेछापका धेरै ठाउँमा वितरण गर्ने पनि मैनालीले बताए ।