काङ्ग्रेस युवा नेता खड्काद्वारा पत्रकार संकट कोषलाई आर्थिक सहयोग

समाजसेवी तथा नेपाली काङ्ग्रेस रामेछापका युवा नेता पराग खड्काले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार १ सय ५१रुपैया आर्थिक सहयोग गरेका छन् ।

युवा नेता खड्काले केहि समय अघि डाँफे फाउन्डेशन मार्फत तामाकोसी अस्पताललाई ३ वटा अक्सिजन कन्सन्टेटर्स समेत  सहयोग गरेका थिए। तिब्बत एअरलाईन्समा कार्यरत लिखूतामाकोशी गाउँपालिका वडा नं ५ निबासी खड्का संकटका बेला सेवामा अहोरात्र खटिने गर्छन् ।

खड्काले लिखूतामाकोशी गाउँपालिकाका लागि समेत अक्सिजन कन्सन्टेटर्स हस्तान्तरण गरिसकेका छन् ।