काङ्ग्रेस इकाइ समिति बेतालीद्वारा अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग

रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउपालिकाको अस्पताललाई नेपाली कांग्रेस गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ इकाई समितिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रमका बिच इकाइ समितिले अस्पताललाई अक्सिजन कन्सनट्रेटर २ थान,नेबुलाइजर २ थान, पिपिइ सेट ५ थान, फेस सिल्ड १ बन्डल, मास्क २ हजार, चामल ५ बोरा, चना केराउ १० किलो, फलफुल १ कार्टुन, हर्लिक्स १ कार्टुन सहयोग गरेको हो ।

इकाइ समितिलाई उक्त सामाग्री नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि शिव श्रेष्ठ, नेपाली् काङ्ग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठ, रामेछाप प्रदेश क का सदस्य दिनेश घिमिरे, लिखु तामाकोसी गाउँपालिका नेता पराग खड्का ने वि संघका पुर्व केन्द्रीय सदस्य उज्ज्वलराम घिमिरे, ने का इकाई समितिका का. सभापति देव सुनुवार ,नेपाल विद्यार्थी संघ क्षेत्रीय सभापति धिरोज खत्री लगायतले सहयोग गरेका थिए ।

उक्त स्वास्थ्य सामाग्री गाउँ पालिका अध्यक्ष खड्गबहादुर सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठसहितको उपस्थितिमा अस्पताललाई हस्तान्तरण गरिएको इकाई समितिले जनाएको छ ।