मोटर साइकल तोडफोड र आगजनि गर्ने कार्यमा संलग्न २ जना पक्राउ

 

असार ०८ गते  रामेछापको खाँडादेवी गा.पा वडा नं.३ आपचौर स्थित बाटोमा   बा.१९ प ७१ नं.को मोटरसाईकलमा आगजनी गर्ने  र प्रदेश ३-०२-०१३प १३ नं. को मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न रहि  फरार रहेका व्यक्ती पक्राउ परेका छन। खाडादेवी गा.पा. वडा नं. ३ स्थायी वतन भइ सोही वडा कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत बर्ष २८ को पदम बहादुर कार्की र अर्का सोही स्थान बस्ने बर्ष ३० को लक्ष्मण खत्रीलाई प्रहरिले  पक्राउ गरेको हो। सो सम्बन्धमा थप अनुसन्धान भै रहेको रामेछाप जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज ढुङ्गानाले जानकारी दिए।