रामेछाप नगरपालीकाले दियो अपाङ्ग लाई सामाग्रि

रामेछाप २० असार । रामेछाप नगरपालिकाले आफना नगरमा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुका लागि ब्ल्यांकेट र ह्विील चियर वितरण गरेको छ । उसले एक कार्यक्रमका विच आफना २ वडा बडाका अपाङ्ग हरुका लागि विभिन्न सामाग्रि वितरण गरिएको हो।
रामेछाप नगरपालीकाको आर्थिक सहयोगमा वडा नं ८ र ९ का अपाङ्गता भएका ब्यतिmहरुका लागि अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको आयोजनामा आईतबार ब्ल्यांकेट र हिवील चियर वितरण गरिएको जानकारी महिला तथा बाल वालीका शाखाकि प्रमुख विमला शर्माले वताईन् । उनका अनुसार समुदायमा आधारीत पुर्नस्थापना ( सिविआर ) कार्यक्रमका लागि प्राप्त बजेटबाट बडा नं ८ र ९ बडाका १ सय ३० जना अपाङ्गता भएका ब्यक्ति हरुका लागि सो सेवा उपलब्ध गराएको हो ।


सामाग्रिहरु बडा नं ८ का अपाङ्गता भएका ब्यक्तिहरुका लागि रामेछाप नगरपालीकाका मेयर नर बहादुर थापा मगर र बडा नं ९ को ल्याङ्गल्याङ्गमा उपमेयर तथा सिविआर कार्यक्रमकि संयोजक सिर्जना खड्काले वितरण गर्नु भएको थियो । कार्यक्रम अन्र्तगत बडा नं ८ का ५२ र बडा नं ९ का ३५ जनालाई ब्ल्यांकेट,३ जनालाई हवील चियर वितरण गरिएको हो । सामाग्रि हस्तान्तरण गरे संगै उनिहरुका लागि कानुनि परामर्श तथा अनुसिक्षण कार्यक्रम समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरले नगरपालीकाले अपाङ्गता भएका ब्यक्तिहरुका हक हित र अधिकारका लागि कुनै पनि कसुर नराख्ने बताउनु हुँदै आगामि बषर््ाहरुमा पनि उनिहरुको पक्षमा कार्यक्रम संचालन गर्नै प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यसैगरि उपमेयर सिर्जना खड्काले आफु संयोजक भएको नाताले अपाङ्गता भएका ब्यक्तिहरुका क्षेत्रमा उनिहरुको बृत्ति विकासका काममा नगरले उल्लेख्य रुपमा काम गर्न सकेको अनुभुति आफुले गरेको बताउनु भयो ।
यो बर्ष भने दुई वडा कार्यक्रम अन्र्तगत बडा नं ८ का ५२ र बडा नं ९ का ३५ जनालाई ब्ल्यांकेट,३ जनालाई हवील चियर वितरण गरिएको हो । सामाग्रि हस्तान्तरण गरे संगै उनिहरुका लागि कानुनि परामर्श तथा अनुसिक्षण कार्यक्रम समेत प्रदान गरिएको थियो । अनुशिक्षण कार्यक्रमका अबसरमा उनिहरुलाई अपाङ्ग हक हित र अधिकार तथा समुदाय र परिबार जिउनका लागि उनिहरुले गर्ने र गर्नसक्ने ब्यवहारका बारेमा पनि जानकारि गराईएको थियो । छुट्टा छुट्टै रुपमा भएको उक्त कार्यक्रमको अध्यक्षत बडा अध्यक्षहरु क्रमश केदार कार्कि र चन्द्रबहादुर श्रेष्ठले गर्नु भएको थियो ।