खेलाडी युवाहरुलाई जर्सी वितरण

रामेछाप २६ असार ।

रामेछाप नगरपालीका वडा नं ८ का समाजसेवी राम प्रसाद घिमिरेले खेलाडी युवाहरुका लागि जर्सी वितरण गरेका छन् । रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा शारदा संस्कृत मावि बावियाखर्कका छात्रछात्रा तथा रामेछापको डुम्रिखर्क र सल्लेका युवाहरुका लागि ३५ जोर जर्सी प्रदान गरिएको हो ।
रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरको हातबाट रामेछापकोडुम्रिखर्क र सल्लेका युवाहरुका लागि ३५ जोर र छात्र छात्राले २० जोर जर्सी पाएका छन् ।

नगरपालीकाले पनि खेलकुद विकासलाई प्राथमिकताका साथ अगाडि बढाईरहेको बेला समाजसेवी घिमिरेले खेलाडिहरुका लागि गरेको योगदान प्रति नगर प्रमुख थाापा मगरले आभार प्रकट गरे ।
कार्यक्रमका अबसरमा घिमिरेले स्वास्थयका लागि खेल र युवाका लागि खेल आबश्यक रहेको र त्यसको प्रवद्र्धन गर्नका लागिआफुले विद्यालयका छात्र छात्राका लागि र आफ्ना वडाका युवाहरुका लागी जर्सी वितरण गरेको र यो अभियानलाई आफुले निरन्तरता दिंदै जाने पनि बताए ।
वडा नं ८ का वडाध्यक्ष केदार कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिब प्रसाद घिमिरे,विद्यालयका प्रअ नारायण प्रसाद घिमिरे लगायतले घिमिरेले गरेको कामको प्रशंसा गर्दे यो अभियानलाई उहाँले अन्य वडा र विद्यालय हरुमा समेत विस्तार गर्न सुझाव दिनुभएको थियो ।