एक डोज लगाए पुग्ने अमेरिकन खोप भोलि नेपाल आउदै

२७ असार, काठमाडौं । अमेरिकाले नेपाललाई प्रदान गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप नेपाल आउने भएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार सो खोप सोमबार काठमाडौं आइपुग्नेछ।

अमेरिकाले दिने भनेको खोप सोमबार बिहान काठमाडौं आइपुग्ने डा. भट्टराईले ट्वीटर मार्फत जानकारी गराएका हुन् । अमेरिकाले कोभ्याक्स मार्फत प्रदान गरेको सो खोप एक डोज लगाए पुग्ने भएकाले सो खोप १५ लाख व्यक्तिलाई लगाउन सकिने उनको समेत उनले ट्वीटरमा लेखेका छन् ।