हरेक नेपालीले निशुल्क कोरोना खोप पाउनेछन् -प्रधानमन्त्री

प्रधानमन्त्री बने लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक नेपालीलाई निशुल्क खोप उपलब्ध गराउने प्रतिबद्दता गर्नु भएको छ । प्रधानमन्त्रीले ट्वीटरमा ट्विट गर्दै सो प्रतिबद्दता गर्नु भएको हो ।

कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारमा आफूले कुनै कसर नछाड्ने समेत ट्विटमा लेखिएको छ ।

साथै खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन समेत सरिसक्नु भएको ट्विटमा छ ।