सीसीएमसीको बैठक बस्दै, कोरोना नियन्त्रण गर्न रणनीति बनाउने तयारी

काठमाडौँ । सरकारले कोरोना नियन्त्रण गर्नको निम्ती गठन गरेको सिसीएमसी निर्देशक समितिको बैठक बस्दै छ । कोरोना संक्रमण फेरि बढ्दै गएको बेला सिसीएमसी निर्देशक समिति बैठक बस्न लागेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुने छ । सीसीएमसीको प्रमुख प्रधानमन्त्री हुने व्यवस्था छ ।प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार बैठक अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने छ ।

उक्त बैठकमा कोरोना संक्रमणको हालको स्थिति र रोकथामका बारेमा छलफल हुने बताइएको छ ।नेपाली नेटवर्क