म छोरी बोल्दै छु-कविता

जानिनजानी आमा शब्द बोले,
बल्ल आज आमाको महिमा र गौरव बुझे,
अन्जान छौ रे आमा तिमी
मेरी आमा तिमी ……..।

आफ्ना हर्षलाई कुन्ठित गर्यौ,
अनि सबको मुहारमा खुशी ल्याउँछौ,
अझै मलम लाउदै छौ रे
मेरी आमा तिमी …….।

पहाडका बीचमा पनि स्वच्छ बगिरहने तिमी ,
न त सन्ध्या भन्छौ न त प्रभात नै निरन्तर उदाइरहन्छौ तिमि,
उर्जाको खानी अरे आमा तिमी,
मेरी आमा तिमी…….।

सुर्यका बिम्ब जस्तै सबलाई साथ दिने तिमी,
बिडम्बना छ कोहि छैन पीडामा साथ तिमिलाई दिने,
साथबिहिन छौ रे आमा तिमी,
मेरी आमा तिमी ……..।

गर्भमा रहदा सुन्थे म तिमिलाई निकै कष्ट छ रे,
गाँस, बास र कपासको लागि तिमिलाई बिश्वास कोहि गर्दैन रे,
अबिस्वास्निय पात्र हौ रे आमा तिमी,
मेरी आमा तिमी ……..।

ढुंगामा बीउ रोपेर बिरुवा उमार्ने तिमी,
सन्सारमा सृष्टिको नयाँ लावालस्कर ल्याउने तिमी,
सृष्टिकर्ता हौ रे आमा तिमी,
मेरी आमा तिमी………।

आफ्नो सन्सार,सुखदुःख नै सन्तान ठानि,
दुईखुट्टामा उभ्याउन मलाई बेहाल बन्यो तिम्रो जिन्दगानी,
दुखको पराकाष्ठामा छौ रे आमा तिमी
मेरी आमा तिमी …….।

मातृऋणमा बन्यो रक्ताम्य आमा तिम्रो सर्बसन्तानको,
कसरी तिरु त्यो ऋण तिमिलाई जन्माजन्मको,
ऋणी बनायौ रे आमा तिमिले
मेरि आमा तिमी………।

जुन हात समाइ देखायौ आमा सन्सार सबलाई,
त्येही निर्दयी हातले आज समुन्द्रमा छाड्दै छु तिमिलाई,
निसन्तान भयौ रे आमा तिमी,
मेरी आमा तिमी………।

नयाँ सभ्यताको आदिमकालदेखी सुरुवात गर्ने तिमी,
आज त्यही कुसंस्कार र कुरितिको बन्यौ रे तिमि,
सभ्यता नै कुसंस्कार बनायौ रे तिमिले
मेरी आमा तिमि………..।

आउ अब आमा तिमी म पुनः सभ्यताको सुरुवात गरौ,
तिम्रा उत्पीडन अब मिलेर समापन गरौ,
सेवा नै धर्म ठान्यौ रे आमा तिमी,
मेरी आमा तिमी ………..।
पूर्वकालमा जसरी तिमी मृतदेह बन्थ्यौ आमा,
त्यसरी नै सत्तारूढको अन्त्य गर्नुछ आमा,
उठ्नै पर्छ अब आमा तिमी
मेरी आमा तिमी………।

आउ हिमालको मुस्कुराहटलाई आफ्नो पोल्टामा कस आमा,
सपनाको नयाँ योब बिम्बलाई नामाकरण गर आमा,
मेरी आमा तिमि
मेरी आमा तिमी ……………।