परमादेशको सरकारले जनताको हितमा काम गर्न सक्दैन-मुख्यमन्त्री पौडेल

रामेछाप ।सिंगो प्रदेशको मुहार फेर्ने गरी काम भइरहेको बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् ।रामेछापको सित्खा–भिरपानी–गोगनपानी सडकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले परमादेशबाट बनेको वर्तमान सरकाले नागरिककोे हितमा काम गर्न नसक्ने समेत दावी गरे ।प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सडकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले केहि समय भित्र सिंगो प्रदेशको मुहारफेर्ने समेत बताए ।

अहिलेको सरकार जनादेशबाट नभै परमादेशबाट बनेकाले यो सरकारले जनताको हित र उपलब्धी मूलक काम गर्नै नसक्ने उनले ठोकुवा गरे । अहिलेको सरकारले केपी ओली नेतृत्वको सरकारले बनाएको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने जस्ता जनताको हित विपरीत निर्णय गरेको उनको तर्क छ ।

सरकारको यो निर्णयले देशभरका भूमीहीनको आशा निराशामा परिणत भएको छ। यो सरकारले गर्ने अन्य काम पनि जनतालाई निराश पार्ने नै हुन्छ मुख्यमन्त्री पौडेलले भने । मुख्यमन्त्री पौडेलले वागमती प्रदेश सरकारले सिङ्गो प्रदेशको विकास, समृद्धि, परिवर्तन र जनाताको हितका लागि द्रुत गतिमा काम गरिरहेको दावी गरे ।