रामेछापमा ल्यायो नु.बि.ले मोटरहेड

प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाइकलको डिलरसिप नु.बि.ट्रेडर्स रामेछापको मन्थलीमा खुलेको छ । सोरुमको उद्घाटन मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनीका महाप्रबन्धक  उज्ज्वल जोशीको उपस्थितिमा  नु.बि.ट्रेडर्सका प्रोपाईटर बिभेक केसीका हजुरबुबाले गरेको ट्रेड्र्सले जनाएको छ ।

यस सोरुममा हाल ६ थरी मोडलका मोटरसाइकल उपलब्ध छन् । जसमा टेक्कन २५० सीसी, स्पोर्ट २५०  सीसी , स्क्रयाम्बलर २५० , एमएच २००,  एक्स २५० सिसि ६ गेयरसहित  हाइडोलिक डिस्कब्रेकमा उपलब्ध छन् । त्यसैगरी एमएच १५० आरमा ५ गेयरसहित हाइडोलिक डिस्कब्रेक रहेको छ ।

नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुने यी मोडेलका नयाँ मोटरसाइकल नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले सार्वजनिक गरेको हो ।

 बिक्रिसुरुगरेको ३ दिन सम्म ट्रेड्रर्सले  मोटरहेडका प्रत्येक बाइकको क्यास खरिदमा खरिदमा १० हजार छुट र फाइनान्स गरेर खरिद गरेमा ५ हजार छुट दिने व्यवस्था गरेको छ । त्यस्तै ट्रेडर्सले एक्सेन्ज अफरमा समेत बजार मुल्य भन्दा १५ हजार थप मुल्य सहित मोटरसाईकल साट्ने नु.बि.ट्रेडर्सका प्रोपाईटर बिभेक केसीले बताएका छन् । ट्रेडर्सको एक्सचेन्ज अफर साउन २९, ३० र ३१ गते सम्म चल्ने ट्रेडर्सले जनाएको छ ।