टहरामा चौकी


रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं–७ भुजीमा रहेको प्रहरी चौकी नै असुरक्षित रहेको छ । दिनरात नागरिकहरुको सेवामा जुट्ने नेपाल प्रहरी नै असुरक्षित तवरले बस्दै आएका छन् । जिल्लाको दुर्गम गाउँ भुजीमा रहेको प्रहरी चौकी भौतिक पूर्वाधार नहुँदा जस्ताको टहरा मुनी कार्यालय संञ्चालन गर्दै आएको लामो सयमभ इसक्दा चौकीको नयाँ भवन निमार्ण हुन सकेको छैन् । उच्च लेकाली भुभागमा पर्ने भुजीमा अत्याधिक चिसोका कारण त्यसक्षेत्रका जनजीवन हिउँदको समयमा प्रभावित हुँदै आएको छ ।


जस्ताको घेराबार र जस्ताकै छानामुनी बसेर सेवा दिदै आएका प्रहरी जाँडोको समयमा रातभरी निदाउँन सक्दैनन् । जस्ताबाट चुहिने शित र घेरावारवाट छिर्ने चिसोका कारण रातभरी जाग्राम बस्नुपर्ने वाध्यता रहेको प्रहरी चौकी भुजीका एक प्रहरीले आफ्नो नाम नछाप्ने शर्तमा बताए । उनले भने– अत्यन्तै चिसो ठाउँ छ । दिनभरी हाबा चल्छ, रातभरी जस्ताको छानोबाट शित चुहिएर सुत्नै सकिदैन् ।


जस्तै जस्ताको टहराले निमार्ण गरिएको प्रहरी चौकी भुजीमा कार्यरत प्रहरी र उनीहरुले प्रयोग गर्ने हातहतियार जोगाउन नै मुस्किल पर्दै आएको छ । भुजी वडा कार्यालयसँगै बस्दै आएको प्रहरी चौकीको अवस्था हेर्दा आफुलाई लाजमर्नु भएको उमाकुण्ड गाउँपालिका वडा नं–८ का वडा अध्यक्ष रुद्रमणी नेवारले जानकारी दिए । उनले भने– हामीले प्रहरी चौकीको लागि जग्गाको व्यवस्थापन गरेका छौं । सो जग्गामा चाडै नै भवन बनाउन पाए प्रहरीलाई ठूलो राहात हुने थियो । हामीले प्रहरीले नागरीकलाई सेवा नि सकेन समेत भन्न सकेका छैनैं प्रहरीले यस्तो अवस्थामा कसरी सेवा दिन्छ । चिसो मौसममा जाडोको कारण वस्न समस्या रहेको छ, सित परेर भित्र बसिसक्न हुन्न, गर्मीको समयमा झरी पर्छ पानी छिर्च के गर्ने समस्या छ अध्यक्ष नेवारले भने हामी गर्न पनी के नै सक्छौ र हेरेर बस्नको बिकल्प । प्रहरीलाई आफ्नै ज्यान जोगाउन समस्या छ नागरीकलाई सेवा दिन कसरी सकोस यस विषयमा सरकारले ध्यान दिन जरुरी छ ।

यता जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुङ्गाना भने छिट्टै भवन बनि सक्ने बताउछन् । प्रमुख ढुङ्गानाका अनुसार प्रदेश सरकारको क्रमागत योजना अनुसार काम थालनि भै सकेको छ तर काम सम्पन्न हुन भने अझै समय लाग्नेछ ।