मन्थली नगरपालिकाका विद्यालय भदौ २७ गतेदेखि खुल्ने

मन्थली नगरपालिकाले यहि भदौ २७ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २७ गते देखि खुल्ने भएका हुन । २०७८ भदौ १८ गतेको मन्थली नगर शिक्षा समिती को ३० औ बैठकले  भदौ २७ देखि भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

चैत्र ११ २०७७ देखि लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो चरणको कोरोना सुरु भएसँगै बन्द भएका थिए । त्यसयता विद्यार्थीको पठनपाठन, परिक्षा संचालन लगायतका शैक्षिक गतिविधिका अनलाइन बाट संचालन हुँदै आएका थिए ।

मन्थली नगरपालिकामा ६६ वटा सामुदायिक र ६ वटा नीजि विद्यालयमा गरी करिव ११ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।