सर्यो कांग्रेसको महाधिवेशन

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरबदल हुने भएको छ । प्रस्तावित कार्यतालिका अनुसार पालिकाको अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै  एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजमा गर्ने उल्लेख छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोजमा गर्ने भएको छ ।

साथै प्रदेश अधिवेशन कार्तिक १०,११ र १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९,१०,११,१२ र १३ गते हुने भएको छ ।