एमाले एक ढिक्का छ– मन्त्री पौडेल

रामेछाप । बागमती प्रदेशका सरकारका उध्योग, वन, पर्यटन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले प्रदेशका १३ वटै जिल्लाको विकासमा आफू सदैव लाग्ने बताएका छन् ।
एमाले रामेछापको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले नेपाली जनताको अझ सेवा गर्न पाएकोले जनताको सेवा गर्न कुनै कसुर नछाड्ने बताए । अल्पमतमा रहेको अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारले बाँकी रहेको कार्यकाल सम्हाल्ने सम्भावना बढ्दै गएको उनले जानकारी दिए । उनले भने– “राजनीति हो, फेरबदल हुन सक्छ तर, हामीले बाँकी रहेको पूरै कार्यकाल काम गर्न सक्ने वातावरण अगाडि बढिरहेको छ ।” नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापका अध्यक्षसमेत रहेका पौडेलले जिल्लामा एमाले एक ढिक्का रहेको उल्लेख गर्दै पार्टी एक ढिक्का भएको दोहो¥याए ।