दुई नगरमा मनाईयो बालदीवस

       

रामेछाप । रामेछाप र मन्थली नगरपालीकाले “सामान्य अबस्थामा कोभिड महामारि,बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी” भन्ने मुल नाराका साथ ५७ औ बाल दिवस मनाएका छन् । मन्थली नगरपालीकाको आयोजना , वातबरण संंरक्षण परियोजनाको आर्थिक सहयोगमा र बाल संजलको संयोजनमा नगरपालीकाको हलमा दीवसका अबसर पारेर कार्यक्रमको आयोजना गरेको हो । मंगलबार विहान मन्थली नगरपालिकाले आफनो सभाहलमा नगर स्तरिय बक्तृत्वकलाको आयोजना गरेको थियो । “सामान्य अबस्थामा कोभिड महामारि,बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी” शिर्षकमा आयोजना गरिएको बक्तृत्व कलामा मन्थली माविकि मोनिका बुढाथिकि प्रथम,मन्थली माविकै सेविका घिमिरे द्धितिय,सरस्वति मावि चनखुकि अनिसा बोहोरा तृतिय र श्रीमावि सिक्रालका निसान भुजेलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।


विजयी बाल बालीकाहरुलाई क्रमशःनगद ५ हजार,४ हजार ३ हजार र सान्त्वना हुनेलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रमेश बस्नेतले नगद २ हजार र प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा उपमेयर मायाँ कार्कि नगर स्तरिय बाल संजालका अध्यक्ष उत्सब केसी लगाएतका बक्ताहरुले दीवसको नारालाई सार्थक बनाउन बाल दीवसको प्रभाविकारीता र वालबालीकाको अवस्थाका बारेमा आ आफनो धारणा राखेका थिए । कार्यक्रम अघि विभिन्न नारा सहितको पल्ेकार्ड बोकेका बाल बालिकाहरुले मन्थली बजार परिक्रमा समेत गरेका थिए ।


त्यसैगरि रामेछाप नगरपालीका वडा नं ८ वडा बाल संजालको आयोजना र वडा नं ८ को समन्वय तथा वातबरण संंरक्षण परियोजनाको आर्थिक सहयोगमा मा रामेछाप बजारमा भएको उक्त कार्यक्रममा वडा स्तरीय बाल बालीकाका लागि हाजिरी जबाफ प्रतियोगिता,नाटक तथा लोकगित प्रतियोगिताको समेत आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष केदार कार्किले विजयी बाल वालीकालाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।