गए सैजु,आए पहाडी

रामेछापको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा दिपककुमार पहाडी आउने भएका छन् । उनी असोज ४ गते सोमवार जिल्ला आउने छन् । पहाडीको लागि यो जिल्ला नयाँ भने होइन । पहाडीले यसअघि रामेछापको शहरी विकास कार्यालयमा रहेर काम गरिसकेका छन् । सिन्धुली स्थायी घर भएका पहाडी गृह मन्त्रालयबाट रामेछापको प्रजिअ भएर आउन लागेका हुन् । प्रजिअ पहाडीले आगामी सोमवार रामेछाप आउने तयारी भएको पालिका आवाजलाई जानकारी दिए । प्रजिअ गौलोचन सैजूको सरुवा भएसँगै नयाँ प्रजिअको रुपमा पहाडी आउन लागेका हुन् । रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा सैजु ६ महिना अघि आएका थिए । रामेछापबाट सैजु सत्य निरुपण तथा मेल मिलाप आयोगमा सरुवा भएका छन् ।