मैत्रीपूर्ण खेल सम्पन्न (फोटो फिचर सहित)

रामेछाप । रामेछाप जिल्ला फुटबल संघले सदरमुकाम मन्थलीमा संविधान दिवसको अवसरमा आयोजना गरेकोमैत्रीपूर्ण खेल सम्पन्न भएको छ । संघले संविधान दिवसका ेअवसरमा “स्वास्थ्यका लागि खेलकुद ः राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित मैत्रीपूर्ण खेल सम्पन्न गरेको हो ।

रामेछाप जिल्ला फुटबल संघका अध्यक्ष सुन्दर घिमिरेले वातावरण संरक्षण परियोजनाको सहयोग र मन्थली नगर यूवा सञ्जालको समन्वयमा आयोजना गेरेको मैत्रीपूर्ण खेलमा चार वटा समुह सहभागी जानकारी दिए । खेलमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछाप, उद्योग वाणिज्य संघ रामेछाप, कर्मचारी मिलन केन्द्र रामेछाप र नगर यूवा सञ्जाल सहभागी भएको थियो ।
पहिलो खेलमा उद्योग वाणिज्य संघ रामेछाप र नगर युवा सञ्जाल बीच भएको खेलमा उद्योग वाणिज्य संघलाई २–० ले हराउँदै नगर यूवा सञ्जाल फाइनल खेलमा प्रवेश गरेको थियो भने दोस्रो खेल अन्तर्गत नेपाल पत्रकार महासंघ रामेछाप र कर्मचारी मिलन केन्द्र बीच खेल भएको थियो । दोस्रो खेलमा पत्रकार महासंघलाई २–० गोल अन्तरले हराउदै कर्मचारी मिलन केन्द्र फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेलमा भने कर्मचारी मिलन केन्द्रलाई पेनाल्टी मार्फत ३–१ ले हराउदै नगर यूवा सञ्जालले जित हासिल गरेको रेफ्री भिमसेन लामाले जानकारी दिए ।