नेकपा एकिकृत (समाजवादी) को जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत

९ असोज ,रामेछाप । नेकपा एकिकृत (समाजवादी) पार्टी (एस) को जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत चयन भएका छन् । शनिबार सदरमुकमा मन्थलीमा भएको नेकपा एकिकृत (समाजवादी) पार्टी (एस) को जिल्ला कमिटी भेलाले बस्नेतको अयक्षतामा २ सय ९१ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा धनयोञ्जन चयन भएका छन् भने सचिवमा लालसिंह तामाङ चयन भएका छन् ।  एसले शनिबार नै  जिल्लामा पार्टी कार्यालय समेत संचालनमा ल्याएको छ ।