नगर भित्रका महिलाहरुको लागि निःशुल्क ड्राइभिङ तालिम

रामेछाप। रामेछाप नगरपालिकाले नगर भित्रका महिलाहरुको लागि निःशुल्क ड्राइभिङ तालिम दिएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरपालिका भित्रका २० जना महिलाहरुलाई नगरले १५ दिने ड्राइभिङ तालिम दिएको हो ।

उनिहरुलाई ट्राफिक नियम लगायतको सचेतना कक्षा पनि दिइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले उक्त तालिममा सहभागीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा सञ्चालन गरेको थियो ।