प्रदेश ‘ख’ को सभापती पदमा के.सी को समर्थन श्रेष्ठलाई

रामेछाप । नेपाली कांग्रेस रामेछापको प्रदेश “ ख ” का सभापती पदका उमेद्वार सौरभ के.सीले अर्का उमेरद्वार राजेश श्रेष्ठलाई सर्मथन गर्दै आफ्नो उमेद्वारी फिर्ता लिएको जानकारी दिएका छन् । नेपाल तरुणदल रामेछापका जिल्ला कार्यसमिती सदस्य समेत रहेका केसीले आफुले राजेश केसीलाई सर्मथन गर्दै सभापती पदमा आफ्नो उमेद्वारी नरहने बताए ।
रामेछापमा अब दुइजनाले मात्र प्रदेश “ ख ” को सभापती पदमा उमेद्वारी दिने भएको छ । रामेछापमा लबश्री न्यौपानेको पक्षबाट रामकृष्ण ढुङ्गेल र कृष्ण महतको पक्षबाट राजेश श्रेष्ठको उमेरद्वारी रहने छ । आज दिउसो १ बजे बाट ५ बजे सम्म उमेद्वारी दर्ता हुदै छ ।