नक्कली लाईसेन्स बोकी मन्थलीमा अटो चलाउने एक पक्राउ

रामेछाप । मन्थली नगरपालिका -१ मा नक्कली लाईसेन्स बोकेर अटो चलाउने एक जना पक्राउमा परेका छन् । ट्राफिक प्रहरीले चेक जाँच गर्ने क्रममा नक्कली लाईसेन्स बोक्ने ज.१ ह ५०५१ का अटो चालक बिर्खबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको रामेछाप जिल्ला ट्राफिक प्रहरी प्रमुख बिकल भट्टराईले जानकारी दिए ।