रामेछाप कांग्रेसको मतदान स्थगित

रामेछाप । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको रामेछाप जिल्ला अधिवेशन स्थगित भएको छ। निर्वाचन भै रहेको समयमा विवाद उत्पन्न भए पछि मतदान प्रकृया स्थगित भएको हो । बिबाद समाधान पश्चात मतदान पुन: आइतबार बिहान ९ बजे बाट सुचारु हुने निर्वाचन अधिकृत विष्णु लुइटेलले जानकारी दिए। जम्मा १ हजार ४ सय १३ प्रतिनिधि मध्ये आज ६ सय ६८ प्रतिनिधिले मात्र मतदान गरेका छन।