निवर्तमान जिल्ला सभापती लबश्री न्यौपानेले प्रेस वक्तब्य

रामेछाप । नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापती लबश्री न्यौपानेले प्रेस वक्तब्य जारी गर्दै नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेसन बाट सभापती लगाएत निर्वाचित सबैलाई शुभकामना ब्यक्त गरेका छन् ।
नि वर्तमान सभापती समेत रहेका न्यौंपानेले प्रेस वक्तब्यमा भनेका छन् -‘नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिको निर्वाचनमा सभापतिका प्रत्यासी हामी तिन मध्ये कसैले पनि विधानतः जिल्ला पार्टी सभापति बन्नका लागि आवस्यक ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न सकेनौ । पुर्ण बहादुर तामाङ (कान्छाराम) पहिलो, म (लवश्री न्यौपाने) दास्रो र मेरा मित्र कृष्ण बहादुर महतजीले तेस्रो स्थान प्राप्त गर्यौ । मलाई दोस्रो स्थानको मत प्राप्त गर्न आफ्नो अभिमत प्रदान गर्नुहुने सबै क्षेत्रीय प्रतिनिधि साथीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
साथै कांग्रेसको निष्ठा र आदर्शमा अविचलित प्यारा साथीहरुबाट प्राप्त स्थानको उच्च सम्मान व्यक्त गर्दै मेरो कार्यकालमा साथ सहयोग गर्नुहुने सबै प्रति र जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सबै प्रति धन्यवाद ज्ञापन गर्दछु न्यौपानेले प्रेस बक्तब्यमा भनेका छन् ।