दसैँमा पर्यटकीय स्थल शैलुङमा पर्यटकको भीड

रामेछाप । रामेछाप र दोलखाको संगम स्थलमा रहेको पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लागेको छ ।
शैलुङ क्षेत्रमा अघिल्लो वर्ष भन्दा यस वर्षको दशैंमा घुम्न आउनेहरुको भिड बढेको दोरम्बाका स्थानीय अगुवा शंकर लामाले बताए । जिल्लाका अन्य विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा दशैँ मनाउन गाउँ आएको मौकामा घुम्न जानेहरु बढेका हुन् । यस वर्ष ५ हजार भन्दा बढी जिल्ला भित्र र बाहिरका पर्यटक शैलुङमा घुम्न आएका छन् ।