मन्थली-१३ मा समाजवादीको कमिटि गठन सँगै कार्यालय उद्घाटन

कार्तिक २, रामेछाप । मन्थली नगरपालिका वडा नं. १३ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीले वडा कमिटी गठन गरि वडा कार्यालय समेत उद्घाटन गरेको छ ।
एकीकृत समाजबादी पार्टीका पोलिट ब्युरो सदस्य देब शंकर पौडेल , प्रदेश सदस्य दुर्गा घिमिरे,रामेछाप पार्टी अध्यक्ष रमेश बस्नेत सहितको भेलाले बिबेक अधिकारीलाई अध्यक्ष, जीवन कटुवाललाई उपध्यक्ष , सरोज भुजेललाई सचिब र दिपेश अधिकारी र बिमला अधिकारीलाई उपसचिवमा चयन गरेको छ । यि पदाधिकारी सहित मन्थली नगरपालिका वडा नं. १३ को एकीकृत समाजबादी वडा कमिटि १५ सदस्यिय भएको छ ।