पुरा भयो एमाले रामेछापको अधिवेशनको तयारी

रामेछाप, कार्तिक ५। नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापले अधिवेशनको तयारी सकिएको बताएको छ । एमाले रामेछापले पत्रकार सम्मेलनको आयोजना गरेर अधिवेशनको तयारी सकिएको जानकारी दिएको छ ।

एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले अधिवेशनमा संगठित सदस्य तथा पार्टीका कार्यकर्ताको बृहत उपस्थिति गराउने तर अधिवेशनलाई कम खर्चिलो बनाउने योजना रहेको बताएका छन् ।
२ वटा वडामा अधिवेशन सम्पन्न गरि सकेको एमाले रामेछापले
बाँकी ६२ वडामा भने कार्तिक छ गते शनिबार एकसाथ अधिवेशन गर्ने भएको छ ।

कार्तिक ९ गते पालिका अधिवेशन हुने नेकपा एमाले रामेछापले जनाएको छ ।