सात पालिकामा नेतृत्व चयन

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले सात स्थानीय तहको नेतृत्व सर्वसहमतिमा चयन गरेको छ ।
रामेछाप एमालेको पालिका अधिवेशनले उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, खाँडादेवी गाउँपालीका, सुनपती गाउँपालीका र दोरम्बा गाउँपालीकामा नेतृत्व चयन गरेको हो।
एमाले रामेछापका अनुसार उमाकुण्ड गाउपालिकाको अध्यक्षमा रुद्रमणि नेवार, गोकुलगङ्गा गाउपालिकाको अध्यक्षमा दिपक कार्की, मन्थली नगरपालिकाको अध्यक्षमा राम बाबू घिमिरे, रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रीन,खाँडादेवि गाउपालिकाको अध्यक्षमा पुष्कर कुमार कार्की, सुनपाती गाउपालिकाको अध्यक्षमा – ज्ञान कुमार योन्जन र दोरम्बा गाउपालिकाको अध्यक्षमा प्रेम लामा चयन भएका हुन् ।
लिखु तामाकोशी गाउँपालिकामा भने अधिवेशन सारिएको छ ।