एमाले रामेछापले गर्यो १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत छनोट

रामेछाप । नेकपा एमाले रामेछापले दशौं महाधिबेशनकालागी १९ जना महाधिबेशन प्रतिनिधी सर्वसम्मत रुपमा छनोट गरेको छ । नेकपा एमालेले प्रतिनिधि चयन गर्नका लागि कार्यदल बनाइएको थियो । कार्यदलले सर्वसम्मत रुपमा महाधिबेसन प्रतिनिधि चयन गरेको नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिए । महाधिवेशन प्रतिनिधिको लागि ६५ जनाले उम्मेदवारी दिएको भए पनि कार्यदलको छलफलबाट सहमति जुटेको प्रमुख निर्वाचन अधिकृत पुष्पराज पौडेलले जानकारी दिए । नेकपा एमाले रामेछापले दशौं महाधिबेशनकालागी खुल्ला तर्फ शान्तिप्रसाद पौडेल, तुलप्रसाद कँडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, चित्रबहादुर कार्की, पुरुषोत्तम कडरिया
, होतराज ढकाल, धुव्रकुमार काकी, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, शम्भुकुमार श्रेष्ठ, ज्ञानकुमार योञ्जन गरी १२ जना चयन भएका छन् । त्यस्तै गरी महिला महाधिबेसन प्रतिनिधीमा तर्फ मायाकुमारी कार्की, गंगादेवी कार्की, दिपशिखा दाहाल, हेमकुमारी तामाङ र गीता कार्की चयन भएका छन् । त्यसैगरी दलिततर्फ, मानबहादुर विश्वकर्मा, गणेश विश्वकर्मा चयन भएको निर्वाचन समितीले जनाएको छ ।