उत्कृष्ट कर दाताको रुपमा श्याम थापा सम्मानित

रामेछाप । उत्कृष्ट कर दाताको रुपमा लक्ष्मी स्टोर एण्ड सप्लायर्स प्रा लि का सञ्चालक तथा नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश सदस्य श्याम थापालाई करदाता सेवा कार्यालय रामेछापले सम्मान गरेको छ । जिल्लाका व्यवसायी मध्ये बाट राज्यलाई सबै भन्दा धेरै कर बुझाएको भन्दै करदाता सेवा कार्यालय रामेछापले थापालाई सम्मान गरेको हो ।थापा रामेछाप उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष समेत हुन् ।
साथै करदाता सेवा कार्यालयमा उत्कृष्ट काम गरेको भन्दै करदाता सेवा कार्यालय रामेछापका कर्मचारी नवीन घिमिरेलाई पनि सम्मान गरेको छ ।

‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना गरिएको १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरिएको हो । आर्थिक बर्ष २०७६÷७७ मा रामेछाप जिल्लाका व्यवसायी मध्ये राज्यलाई थापाले सबै भन्दा धेरै कर बुझाएको र घिमिरेले कर्मचारीको रुपमा रहेर उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको हो ।