१० माघ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित गरिएको खोप अभियान मंगलबार (माघ ११ गते) देखि सञ्चालनमा आउने भएको छ ।
काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले आज अस्पतालले विज्ञप्ति जारी गर्दै नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।