प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ


संसारभरि नै फेब्रुअरी १४ मा भ्यालेनटाइन डे अर्थात् प्रणय दिवसका रूपमा मनाउने चलन छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राटको निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो ( अनुशासनको दायरा भित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
नेपालमा पनि यो चलन युवा पुस्ता माझ लोकप्रिय हुँदै गएको प्रष्टै देखिन्छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । तर प्रेम दिवसलाई पछिल्लो समय आधुनिक युवापुस्ताले आधुनिकताको नाममा अनेकौ विकृति फैलाएका छन् भन्दा फरक नपर्ला । युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ । देखावटीकै लागि जर्बजस्ती माया प्रेम गर्नेको होड चलेको छ ।
साथी साथी बीच बदला, झगडा गर्ने, कुलतमा लाग्ने महंगा विलासीका सामाग्रीहरु आदानप्रदान गर्ने, होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन् । यस्ता क्रियाकलापलाई आधुनिक प्रेमको उपनाम दिँदा फरक नपर्ला । आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृतिसँगै भित्रिएको यो दिवसले कैयौं युवापुस्ताको जीवनमा नकारात्मक असर पारेको छ ।

प्रेमविना संसार चल्दैन । सच्चा प्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । तर त्यो प्रेम निश्वार्थ हुनुपर्छ । ताकी दुई मुटु एक धड्कनको महसुस होस् । सच्चा माया पाएको र गर्ने व्यक्ति जीवनमा कहिल्यै असफल भएको महसुस गर्ने क्षण आउदैन । मानिसको मन खुस हुनुनै सफल हुने लक्षण हो ।


हरेक मानिसको मनमा उमेर अनुसार एक प्रकारको प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । पछिल्लो समय क्षणिक आकर्षणमा परेर जिन्दगीका सपना बुन्नेहरुको कुनै कमी छैन । यस्ता गतिविधिले नै एउटा मायामा हुन पर्ने विश्वासमा फिकापन आएको सहजै आँकलन गर्न सकिन्छ । तर माया अर्थात् प्रेम यस्तो चीज हो जहाँ कसैलाई देखा जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ ।
विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्र मार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेको छ । मानिसको मात्र नभएर पृथ्वीमा रहेका हरेक चेतनशील प्राणीमा एकअर्का बीच प्रेम हुनु जरुरी छ । प्रेमविना संसार चल्दैन । सच्चा प्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । तर त्यो प्रेम निश्वार्थ हुनुपर्छ । ताकी दुई मुटु एक धड्कनको महसुस होस् । सच्चा माया पाएको र गर्ने व्यक्ति जीवनमा कहिल्यै असफल भएको महसुस गर्ने क्षण आउदैन । मानिसको मन खुस हुनुनै सफल हुने लक्षण हो । जुन अभिभारा सच्चा प्रेमले मात्र निभाउन सक्दछ ।

प्रेम दुई विपरित लिङ्गी बीचको मात्र होइन वास्तवमा प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, अनि आफ्ना प्रियजनहरुसँग । तर त्यही प्रेम सम्बन्ध र गर्ने व्यक्तिहरुमा फरक पर्छ । जो जससँग भएपनि सफा दिलले गरिएको प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रेम त्यस्तो बनोस भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाताप होइन, खुसी र सन्तुष्टि फिजाउन पाइयोस् । जहाँ एक मनले अर्को मनको कदर गरेको होस् ।


विना प्रेम समाजमा देखाउनको लागि मात्र बनिएका सम्बन्धहरुले अरु प्रेमिल जोडी वा सम्वन्धहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पनि पार्न सक्छ । यस्तो वातावरणले केही अंकुराउन खोजेका प्रेमिल सम्वन्धमा सानो सानो कुरामा शंका र त्यही शंकाले मायाप्रति पछि वितृष्णा नआउँला भन्न सकिन्न । आँखाले देखेका र कानले सुनेका कुराले जीवनमा छिटो प्रभाव पार्छ । चाहे त्यो राम्रो होस् या नराम्रो । भनिन्छ नि, “पूmलको आँखामा पूmलै संसार” । वास्तवमा भन्ने हो भने प्रेमलाई विभिन्न व्यक्तिहरुले विभिन्न परिभाषामा अर्थ लगाए पनि प्रेम यस्तो पवित्र चीज हो जसले जसलाई र जुन उमेरसँग पनि प्रेम गर्न सकिन्छ तर त्यसमा प्राप्ति भन्दा आत्मियता, हार्दिकता सम्झौता र निस्वार्थ हुनुपर्दछ यही पनले मायालाई बचाइराखेको हुन्छ । अनि भविष्यमा सम्झनयोग्य बनाउँछ । तर बाहिर बाहिर प्रेम र भित्र भित्र प्रेमको नाममा जुन सम्वन्धमा स्वार्थपन लुकेको शर्त हुन्छ त्यो सम्वन्धमा पक्कै पनि ढिलो चाँढो दरार आउँछ । यस्तै सम्बन्धहरुले समाजमा प्रेमको नाममा विकृति र अविश्वास फैलाएको छ ।
सच्चा प्रेम सुरुवातको लागि यो दिन राम्रो र त्यो दिन नराम्रो भन्ने कहिल्यै हँुदैन र मनैदेखि चाहेको प्रेम गर्नलाई कुनै दिन हेरिरहन आवस्यक पर्दैन । पे्रम गर्नेहरुका लागि हरेक दिन प्रेमिल बनेको हुन्छ । अनि आप्mनो प्रिय मान्छेको साथ नेै जीवनमा मूल्यवान उपहार बन्न पुग्छ ।

भनिन्छ नि, “फूलको आँखामा फूलै संसार” । वास्तवमा भन्ने हो भने प्रेमलाई विभिन्न व्यक्तिहरुले विभिन्न परिभाषामा अर्थ लगाए पनि प्रेम यस्तो पवित्र चीज हो जसले जसलाई र जुन उमेरसँग पनि प्रेम गर्न सकिन्छ तर त्यसमा प्राप्ति भन्दा आत्मियता, हार्दिकता सम्झौता र निस्वार्थ हुनुपर्दछ यही पनले मायालाई बचाइराखेको हुन्छ ।

प्रेम गर्नकै लागि कुनै दिन कुरेर, कुनेै चिज दिएर या लिएर प्रेम गर्छु भनेर जनाउनु जरुरत पर्दैन । जस्तो कि प्रेमको नाममा लोकप्रिय बनेको भ्यालेन्टाइनको जरुरत पर्दैन चोखो मायामा । पे्रम आफैमा एउटा बहुमुल्य उपहार हो भगवानको । सच्चा प्रेमको अगाडि दुनियाको हरेक चिज फिक्का हुन्छ । प्रेम अक्सिजन जतिकै हो, एउटा सरल र सहज जीवन जिउने सहारा हो प्रेम । अनि जसको सुरुवातको लागि किन कुनै विषेश दिन नै कुर्नु पर्यो … सच्चा प्रेम गर्नेहरुका लागि त हरेक दिन विषेश हुन्छ ।
एक हिसावले भन्ने हो भने प्रेम एकदमै अनियन्त्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन । प्रेम गर्नका लागि कुनै सीमितता छैन । जीवनमा आपूmलाई प्रेम गर्नेहरु र आपूmले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन । यो प्रकृतिले नै जीवन जिउनका लागि दिएको महसुश गर्नै नसकिने एउटा आधार हो । प्रेम दुई विपरित लिङ्गी बीचको मात्र होइन वास्तवमा प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, अनि आप्mना प्रियजनहरुसँग । तर त्यही प्रेम सम्बन्ध र गर्ने व्यक्तिहरुमा फरक पर्छ । जो जससँग भएपनि सफा दिलले गरिएको प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रेम त्यस्तो बनोस भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाताप होइन, खुसी र सन्तुष्टि फिजाउन पाइयोस् । जहाँ एक मनले अर्को मनको कदर गरेको होस् । अनि विगतका दिन सम्झेर मन र व्यवहारमा चञ्चलता छाओस् । जसरी नङ् र मासु मिलेको हुन्छ त्यसैगरी जीवनमा प्रेमको मिश्रण गर्न आवश्यक छ ।
पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न स्वार्थ भावका साथ झूटो प्रेम “फेक लभ” गर्नेहरूको कमी छैन । यसो हुनु राम्रो होइन । अतः पूmल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ ।

तपाईको प्रतिकृया दिनुहोस्