राजासाब सार्वजनिक

रामेछाप । लोकगितहरूको भिडमा अर्को एउटा लोक गीत “राजासाब” सार्वजनिक भएको छ । गीतमा आवाज देवी खड्का र गायक असिमकुमार कटुवालको रहेको छ ।

राजासाबमा सर्जक बिनोद ढकालको शब्द तथा गायक कटुवाल कै थेगो रहेको छ । त्यस्तै गीतको संगित भने सुरज बुढाथोकीको रहेको छ ।

गीतको भिडियोमा अभिनय भने महेन्द्र गौतम र अप्सरा कार्कीको रहेको छ । गीतको निर्देशक खमेश श्रेष्ठले गरेका छन् भने गीत असिमकुमार कटुवालकै अफिसियल युट्युव च्यानलमा हेर्न सकिन्छ ।

तपाईको प्रतिकृया दिनुहोस्