एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले गरे हातपात

रामेछाप । स्थानिय तहको निर्वाचनमा टिकट बिषयमा विवाद हुँदा नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले हातपात भएको छ । नेकपा एमाले केन्द्रीय सम्पर्क समितिका सदस्य लक्ष्मी न्यौपानले बैठकमा नै नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि हातपात गरेकी हुन् । न्यौपानेले आक्रमण गरेपछि रोक्न खोज्दा ढुंगेल पत्नी सरिता दाहाल घाइते भएकी छिन् ।

पार्टीको केन्द्रिय सम्पर्क कमिटीको बैठकमा स्थानिय तहको टिकट बाडफाँडको बिषयमा छलफल चलेको बेला पार्टीका सदस्यहरु बिच एकआपसमा भनाभन भएको थियो । भनाभन हुँदै गर्दा ढुगेल माथि आफ्नै कार्यकर्ताले आक्रमण गरेका हुन् । बैठकमा नेकपा एमालेको तर्फवाट खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा टिकट दिने  बिषयमा बैठकमा नै चर्काचर्की चलेको थियो । एमालेको तर्फवाट प्रस्तावित उम्मेदवारहरु मध्ये अध्यक्ष पदमा प्रेमवहादुर तामाङ्ग, इन्द्र वहादुर तामाङ्ग र ज्ञान कुमार श्रेष्ठको नाम प्रस्ताव भएको थियो ।

कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा छलफल भइरहदा अकस्मात नेकपा एमाले केन्द्रीय सम्पर्क समितिका सदस्य लक्ष्मी न्यौपानले आफु माथि हातपात गरेको नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।

तपाईको प्रतिकृया दिनुहोस्