नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन अभियान व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश डेस्क स्थापना गरेको छ। नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी प्रदेश डेस्क स्थापना गरेको हो ।
स्थानीय तहको चुनाव प्रभावकारी बनाउने जिम्मेवारी छ प्रदेश डेस्कलाई दिईएको छ ।सभापति शेरबहादुर देउवाले सोमबार डेस्क स्थापना गरेका हुन्।
कांग्रेसले सहमहामन्त्रीहरूलाई प्रदेशसँग समन्वय गर्ने जिम्मेवारी दिईएको छ।
प्रदेश नम्बर १ मा सहमहामन्त्री जीवन परियार, मधेशमा भीष्मराज आङ्दम्वे, बागमतीमा फरमूल्लाह मन्सुर, गण्डकीमा महालक्ष्मी उपाध्याय डिना, लुम्बिनीमा महेन्द्र यादव, कर्णालीमा बद्री पाण्डे र सुदूरपश्चिममा किशोरसिंह राठौरलाई जिम्मेवारी दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।