डोल्पाका दुई जना गाउँपालिका अध्यक्षले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
०७४ को स्थानीय चुनावमा एमालेबाट उम्मेदवार भई काईके गाउँपालिका र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित अंगतकुमार राना र सेनाङ गुरूङले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन्।
राना काईके गाउँपालिका अध्यक्ष र गुरूङ् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष हुन् ।
राना एमाले कर्णाली प्रदेश कमिटी सदस्य समेत थिए।