एमालेको तर्फका लिखुगाउँपालिका अध्यक्षका उमेदवार विष्टले दुईवटा नागरिकता लिएको तथ्य भेटियो

ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका अध्यक्ष पदका उमेदवार (एमालेको तर्फबाट) विष्टले दुईवटा नागरिकता लिएको तथ्य फेला परेको छ ।

विष्टले ओखलढुङ्गावाट १८३५/४५४ नम्बरको होम बहादुर विष्टको नाममा र काठमाण्डौंवाट २७१७६२/०५१/९४६८ नम्बरको मिलन विष्टको नाममा नागरिकता लिएको प्रमाण फेला परेको छ ।

सोहि पालिकाका नेपाली कांग्रेसका अध्यक्ष पदका उमेदवार अशोक कुमार कार्कीले विष्ट विरुद्ध यस्तो प्रमाण बुझाएका छन् ।

अध्यक्ष पदका उमेदवार विष्टलाई आवश्यक प्रमाण सहित बैशाख १५ गते दिउसो २ बजेसम्म सफाई पेश गर्न भनिएको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले जानकारी दिए ।

आरोपित पक्षले सफाई पेश गरेमा त्यस उपर छलफल पश्चात र नगरेमा सोहि अनुसार १५ गते बेलुकी सम्म उजुरिका विषयमा अन्तिम निर्णय हुने पनि थापाले जानकारी दिए ।

उजुरीको बारेमा थप अनुसन्धान भैरहेको समेत निर्वाचन अधिकृतको थापाले बताए ।

तपाईको प्रतिकृया दिनुहोस्