रामेछापमा चुनाव प्रचारप्रसारको क्रम बढेको छ । उम्मेद्वारहरू कार्यकर्ताको साथमा घरदैलो अभियानदेखी सामाजिक सञ्जालको प्रयोग गर्दै चुनावी अभियानमा लागेको छ । रामेछापमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,नेकपा एकिकृत समाजवादी,राप्रपा लगायतका अन्य दलहरू पनि चुनाव प्रचारप्रसारमा व्यस्त छन।
अहिले भोट माग्न गरिएको समय खर्च पहिले देखि नै नागरिकहरूका लागि खर्चेको भए राम्रो हुने पत्रकार महासंघ रामेछापका अध्यक्ष बताउछन् । उनि भन्छन् – नागरिकलाई अफ्ठेरो परेको बेला सकेको सहयोग गर्ने र विकासमुखि नेतृत्व चुन्न नागरिकहरूले सिकिसकेकाछन् । यो प्रचार त विधि पुर्याउन गरिएको मात्र हो ।
रामेछापका ८ स्थानिय तहले आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम सार्वजनिक गरेको छन । ८ पालिका मध्ये ७ पालिकाले बजेट समेत सार्वजनिक गरेको छ । सुनापति गाउँपालिकाले भने २० गते पछि मात्रै बजेट सार्वजनिक गर्ने बताएको छ । आठै पालिकाले निति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिएका छन ।
रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले ११ औं नगर सभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । उपप्रमुख बालकुमारी कार्कीले ७४ करोड ६५ लाखको बजेट सभामा प्रस्तुत गरिन ।
मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ४० करोड ७८ लाखको बजेट प्रस्तुत गरेको छ । मन्थली नगरकी उपप्रमुख इश्वरी बस्नेतले नगरसभामा १ अर्ब ४० करोड ७८ लाख ५३ हजारको बजेट प्रस्तुत गरेकीहुन । विनियोजित बजेटमध्ये चालुतर्फ ९६ करोड २७ लाख ३ हजार र पूँजीगत तर्फ ४४ करोड ५१ लाख ५० हजार रहेको छ । बाँडफाँड गर्न मिल्ने ५६ करोड ८ लाख ११ हजार रकम विनियोजन गरिएकोमा चालुतर्फ २६ करोड २८ लाख ७१ हजार र पूँजीगततर्फ ३० करोड ५ लाख ५१ हजार रहेको छ ।
लिखु तामाकोसी गाउँपालिकाले ८३ करोड ३४ लाख बराबरको बजेट गाँउसभामा प्रस्तुत गरेको छ । निति तथा कार्यक्रममा हलेदेदेखी धोवी बजारसम्नको सडक कालोपत्रे गर्ने,खोलानालाहरुमा कल्भर्ड निर्माण,गौरवका ठुला आयोजनाहरु निर्माण कार्यलाई प्राथमिकता,एक घर एक धारा कार्यक्रम,गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माण,दुरागाउँ र खिम्ती विर्ता पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण,कृषि तथा पशु विमा कार्यक्रम अभियान संचालक गर्ने जस्ता महत्वोपुर्ण कार्यक्रमहरुलाइ प्राथमिकता दिइएको छ । त्यसैगरी विदेशबाट फर्केका युवाहरूलाई उत्पादनमुलक व्यवसाय गर्न प्रोत्साहन गर्ने ,१५ शैया अस्पताल निर्माण कार्यलाई तिव्रता दिने,निशुल्क लोकसेवा कक्षा सन्चालन,हरेक वडा र पालिकाको मुख्य बजारमा सिसिटिभी जडान गर्ने कुरा निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गोकुलगंगा गाउपालिकाले ७१ करोड ६४ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । गाउपालिकाकी उपाध्यक्ष उषा कार्कीले बजेट प्रस्तुत गरेकीहुन । गाउँपालिकाले आर्थिक बिकास तर्फ १ करोड १८ लाख , सामाजिक बिकास तर्फ चार करोड ७५ लाख ,पुर्बाधार कार्यक्रम तर्फ ७ करोड ९७ लाख,बन बाताबरण तथा विपत व्यबस्थापन तर्फ १ करोड ३५ लाख,सुशासन तथा संंस्थाथागत बिकास तर्फ १ करोड र वडा कार्यालय ७ करोड २५ लाख बजेट बिनियोजन गरेको छ ।
खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ८१ लाख १७ हजारको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ्ले बजेट प्रस्तुत गरिन ।
सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्षको २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाकी उपाध्यक्ष गीता विष्टले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेकीहुन ।
उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ७० करोड ६६ लाख को बजेट ल्याएको छ । पालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले गाउँसभामा बजेट प्रस्तुत गरिन ।
दोरम्बा शैलुङ् गाउँपालिकाले ५८ करोड १८ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ । पालिकाकी उपाध्यक्ष खमला थापा मगरले गाउँसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिन ।
रामेछाप । खाँडादेवी गाउँपालिकाले आ.व. ०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
एघारौं गाउँ सभामा पालिका प्रमुख ज्ञानकुमार श्रेष्ठले ३ सय ३५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । खाँडादेवी गाउँपालिका अतिसुख्खा ग्रस्त क्षेत्रमा पर्ने भएकाले खानेपानी र सिंचाइ कार्यक्रममा परेको छ।
पालिका प्रमुख श्रेष्ठद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा पालिका हुँदै बहने भटौली खोलाको मुहानमा ड्याम बाँधेर पालिका भित्रका नाङ्गा डाँडालाई हराभरा बनाउने उल्लेख छ। कमजोर भौतिक संरचना भएका विद्यालायको संरचना सुधारगरी आधुनिक र व्यबहारिक शिक्षा प्रणालीको बिकास गर्ने नीति तथा कार्यक्रम बनाएको छ।
अति सीमान्तकृतको सूचीमा रहेको माझी, थामी, हायु, दशनामी, सुनुवार, भुजेल, राई तथा दलित समुदायका बालबालिका र अनाथ अपांग बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता उपलब्ध गराउने उल्लेख छ। यस आर्थिक वर्षको कार्यक्रममा शिक्षा क्षेत्रको आमूल परिवर्तन गर्दै लाजाने र एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनाउने उल्लेख गरिएको छ। निजी विद्यालयमा नपढाई सामुदायिक एवं सरकारी विद्यालयमा आफ्ना छोराछोरी पढाउने शिक्षकलाई पुरस्कर सहित प्रोत्साहन गर्ने कार्यक्रममा उल्लेख छ।
कृषिमा आधुनिकीकरण गर्दै बजारीकरणलाई व्यवस्थित बनाउँदै लैजाने र उत्कृष्ट किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम बनाएको छ। कृषिमा अनुदान एवं कृषकलाई आवश्यक तालीम सीप र दक्ष बनाउँदै लैजाने योजना पालिकाले बनाएको छ। सुशासन र पारदर्शितालाई प्रभावकारी बनाउँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने र पालिका भित्र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।
आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि आकर्षक संरचना निर्माण र संभाब्यता अध्ययन गर्ने र आत्मनिर्भरको लागि कार्यक्रम बनाउने कार्यक्रममा उल्लेख छ। प्रस्तुत नीति तथा कार्यक्रममा महिला, बालबालिका, जेष्ठ नागरिकलाई महत्त्वका साथ राखिएको छ।
रामेछाप । जिल्ला समन्वय समितिका समन्वय प्रमुख चिना खड्का (कार्की)ले पदभार ग्रहण गर्दै जिल्लाको सबै कार्यलयमा प्रभावकारी समन्वयको भूमिका निर्वाह गर्ने बताएकी छिन् । सोमबार पदभार ग्रहण गर्दै प्रमुख कार्कीले जिल्लाको समग्र विकासका लागी तिनै तहको सरकार संग सहकार्य गरेर काम गर्ने बताएकी छिन् ।
जिल्लाको स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद लगाएत समग्र क्षेत्रको विकास र पर्यटन प्रवद्धनको लागी सबै क्षेत्र संग समन्य गरेर काम गर्ने भन्दै सबै संग सहकार्यको अपेक्षा लिएको बताइन ।
स्थानिय तहबाट निर्माण सम्भव नभएका ठुला योजनाहरुको निमार्णको लागी संघिय सरकार र प्रदेश सरकार संग समन्य गर्ने र स्थानिय तह र जिल्लामा रहेका बिभिन्न कार्यलयहरुलाई सहयोग गर्ने बताइन ।
रामेछाप । आइतवार जिल्ला समन्वय समितिका लागि भएको मतदानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन को प्यानल विजयी भएको छ ।
प्राप्त मत परिणाम अनुसार प्रमुख की उमेद्वार चिना कार्की खड्काले ९ मत प्राप्त गर्नु भएको थियो भने उप प्रमुख सहित अन्य ७ जना सदस्यहरुले १०÷१० मत प्राप्त गर्नु भएको थियो । यसरी निर्वाचित हुनेहरुमा उप प्रमुखमा प्रेम बहादुर (प्रेम सागर) थापा सदस्यहरुमा, बाबुलाल योन्जन, बीर बहादुर कार्की, र अनिषा माझी, हिरा कुमारी गिरी,डम्बर कुमारी रसाइली, बिन्दा सार्की र बिक्रम थापा मगर रहनु भएको छ । जिससको निर्बाचन सम्पन्न भएसँगै कार्की रामेछापको इतिहासमा पहिलोपटक महिला प्रमुख बन्नु भएको हो । त्यसैगरी ने क पा एमाले का प्रमुखका उमेद््वार तुल प्रसाद कडेल र उपप्रमुखकी उमेद्वार सुनिता सुनुवार सहित सदस्यका उमेद्वारहरु क्रमशः भोजराज कडरिया, कृष्ण बहादुर कार्की, बाला काजी श्रेष्ठ, लाछिरी शेर्पा, सिर कुमारी श्रेष्ठ, सुमित्रा सुनुवार र उर्मिला मुग्रातीले ६÷६ मत प्राप्त गर्नु भएको थियो । १६ जना मतदाता मध्ये प्रमुख को १ मत बदर भएको थियो । निर्बाचित पदाधिकारी एबं सदस्यहरुलाई आइतवारनै मुख्यनिर्बाचन अधिकृत डा.दिवाकर भट्टले आइतवार नै पद तथा गोपनियताको सफत गराउनु भएको थियो ।
रामेछाप । लायन्स क्लव अफ काठमाण्डौले रामेछापका आगोलागी पिडितलाई सहयोग गरेको छ । गत चैत्र १२ गते रामेछापको रामेछाप नगरपालिका ७ रजयछापमा आगोलागी हुदा १३ घर जलेर नस्ट भएको थियो भने ९ वटा गोठ जलेर नस्ट भएको थियो । आगोलागी पिडितहरुलाई लायन्स क्लव अफ काठमाण्डौले पिडितको घरमा पुगेर दैनिक जिवनमा आवश्यक पर्ने समान सहयोग गरेको हो ।
लायन्स क्लवले १३ घर परिवारका सबै सदस्यहरुलाई आवश्यक पर्ने लता कपडा सिरक डस्ना पकाउने समान प्रेसर कुकर देखी थाल बटुको गिलास लगाएत सम्पुर्ण समान दाल चामल तेल चिनि सहित खाद्यन्न समाग्री सहयोग गरेको छ । आगलागिबाट अति पिडित ५ घर परिवारलाई भने थप दराज समेत सहयोग गरेको छ । आगोलागी बाट उनीहरुको शरिरमा लगाएको कपडा बाहेक अन्य सबै समान जलेर नस्ट भएको थियो ।
आगोलागी भएको केहि दिनमा नै पिडित परिवारलाई सहयोग गर्ने तयारी गरेको भएपनी निर्वाचन आचारसंहिता लागु भएको कारण सो समएमा बितरण गर्न नसकिएको लायन्स क्लव ईन्टरनेसनलका पास्ट डिस्ट्रिक गभर्नर शुम्भु घिमिरेले जानकारी दिए । घिमिरेले भने बिपतमा परेकालाई दैनिक आवश्यक समान मात्र सहयोग गरेको बताए । उनले भने यो सहयोगले केहि मात्रामा पिडितको पिडा कम गर्न विश्वास ब्यक्त गरे ।
त्यस्तै गरी रामेछाप नगरापालिकाका नगरप्रमुख लवश्री न्यौपानेले नगरपालिका संग समन्वय गरेर आगोलागी पिडित परवारलाई घरमा नै राहत समाग्री बितरण गरेकोमा धन्यवात दिदै आगामी दिनमा पनी सहकार्यको अपेक्षा गरेको बताए । सहयो हस्तान्तरण गर्दै नगर प्रमुख न्यौपानेले नगरपालिकाले दशैं सम्म सबै पिडितलाई नगरपालिकाले घर बनाएर हस्तान्तरण गर्ने बताए । न्यौपानेले आजै बाट घर बनाउने कार्य समेत शुरु हुने भन्दै घर बनाउन सबैले सहयोग मिलेर गर्न पिडित परिवारलाई आग्रह पनी गरे । नगरप्रमुख न्यौपानेले खानेपानीको समस्या भएकोले तत्काल खानेपानीको समस्या समाधान गर्न लागीपरेको र घर निर्माण गर्न आवश्यक समान धुवानी गर्न पर्ने भएकोले सडक मर्मतको काम समेत शुरु भइ सकेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख बालकुमारी कार्कीले सबै नगरवासीको साथमा नगरपालीका रहेको बताए । समस्या परेका नगरवासीको साथमा नगरपालिका सधै सहयोग गर्न नगर तत्पर रहेको बताए । आगलागिबाट जलेर नष्ट भएको घर वर्षात सुरु हुनुभन्दा अगावै बनाईसक्ने लक्ष्य लिएको भए पनि विविध कारणले बनाउन नसकिएकोले दशै भन्दा अगाडि नै चाँडै बनाएर हस्तान्तरण गर्ने वडा नं. ७ का वडाअध्यक्ष समिर कार्कीले बताए । कार्यबक्रममा रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालकुमारी कार्की, लायन्स क्लव ईन्टरनेसनलका पास्ट डिस्ट्रिक गभर्नर शुम्भु घिमिरे, वडा नं. ७ वडा अध्यक्ष, लायन्स क्लव ईन्टरनेस्नलका पदाधिकारी, पत्रकार, स्थानिय जनप्रतिनिधी र स्थानिय वासीहरुको उपस्थितीमा राहात वितरण गरिएको हो ।
जिल्ला समन्वय समितिमा कांग्रेस र माओवादीबीच गठबन्धन भएसँगै साझा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट प्रमुखमा चिना खड्का कार्की र माओवादीबाट प्रेम सागर थापा उप्रमुखको उम्मेदवार बनेका छन् । कांग्रेसले प्रमुखसहित चार र माओवादीले उपप्रमुखसहित पाँच जना सदस्य लिएको छ । नौ सदस्य रहने जिससमा कांग्रेस–माओवादीबीच सिट बाँडफाँड भएको हो ।
जिससको सदस्यमा कांग्रेसबाट बाबुलाल योञ्जन, अनिषा माझी र वीरबहादुर कार्कीको उम्मेदवारी दर्ता भएको छ भने माओवादीबाट हिरा कुमारी गिरी, डम्बरकुमारी रसाइली, विन्दा सार्की र विक्रम थापामगरले जिसस सदस्यको लागि उम्मेदवारी दर्ता गरएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बताएको छ ।
रामेछापमा सत्ता गठबन्धनबीच जिल्ला समन्वय समितिको निर्वाचनका लागि सहमति भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादीबीच भागवण्डामा सहमति जुटेको हो । आज भएको कांग्रेस र माओवादीको बैठकले प्रमुखसहित कांग्रेसले चार सदस्य लिने र माओवादीले उपप्रमुखसहित पाँच सदस्य लिने सहमति भएको छ ।
आज कांग्रेस सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) र माओवादी रामेछापका जिल्ला संयोजक एवं दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानबीच सिट बाँडफाँड सहमति पत्रमा हस्ताक्षर भएको छ ।
यसैबीच कांग्रेसले जिसस प्रमुखमा उमाकुण्ड गाउँपालिका–२ बाम्तीका चिना कार्की खड्कालाई उम्मेदवार बनाएको छ भने माओवादीले सुनापति गाउँपालिका–५ का प्रेम सागर खड्कालाई उपप्रमुख बनाउने निर्णय गरेको छ । जिससको चुनाव यही जेठ २९ गते हुँदैछ ।
रामेछाप । गोकुलगंगा गाउँपालिकाको अध्यक्षको पदभार सम्हाल्दै अध्यक्ष काजीबहादुर खड्काले सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । अध्यक्ष खड्काले सो सँगै जेष्ठ नागरिकलाई सम्मान गर्ने समेत निर्णय भएको बताएका छन् ।
गाउँ कार्यपालिकाको कार्यालयले बुधबार आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रममा निवर्तमान अध्यक्ष र उपाध्यक्ष भने उपस्थित भएका थिएनन ।
अध्यक्ष खड्काले नव निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपानीयताको सपथ ग्रहण गराएका थिए ।
रामेछाप । लिखुतामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशव महतले विधि र पद्दती अनुसार काम गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष महतले गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकता दिइने बताएका हुन् छन् ।
नागरिकले पालिकामा सबै दलको प्रतिनिधित्व हुने गरी जनमत दिएको बताउदै महतले सबै राजनीतिक दलहरुसँग सहयोग लिएर नै अगाडि बढने बताएका छन् । पालिकामा अब विकास निर्माणको कामले गति दिने गरी योजना बनाएर काम गर्ने बताएका छन् ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष महतले सबै राजनीतीक दल संघ संस्था,नागरिक अगुवा र नागरिक संग सहकार्य गरेर काम गर्ने बताएका छन् । हिजोको दिनमा भएका कुरा छाडेर अब नयाँढंग बाट पालिका अघि बढाउनु पर्ने भएकोले सबैको सल्लाह आवश्यक रहेको बताएका छन् । सबै राजनितिक दललाई पनी निर्वाचनमा भएका तिता मिठा सबैकुरा छाडेर गाउँपालिकाको बिकासमा एक जुट भएर लाग्नु पर्ने भएकोले सहकार्य गर्न आग्रह गरेका छन् ।
महतले सबै राजनीतीक दललाई चुनाबको समयमा भएका सबैकुरा भुलेर आउन आग्रह गरेका छन् । आफु सबै राजनीतीक दलसंग सहकार्य गर्न चाहेको भन्दै सहकर्यको लागी सबै राजनीतीक दललाई आग्रह गरेको छ । महतले भने अबको ५ बर्षमा हेर्न लाएक लिखुतामाकोशी बनाउने आफ्नो सपना रहेको भन्दै उक्त सपना पुरा गर्न सबैको सल्लाह सुझाब आवश्यक रहेको बताएका छन् ।
रामेछाप । रामेछापमा स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी नेपाली काँग्रेस बनेको छ भने दोस्रो ठूलो पार्टी नेकपा एमाले बनेको छ । जिल्लामा रहेको २ नगरपालिका र ६ गाउँपालिका मध्ये नेपाली काँग्रेसले रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिकामा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । त्यस्तै गरी लिखुतामाकोशी गाउँपालिकामा प्रमुख, उमाकुण्ड गाउँपालिका र सुनापती गाउँपालिकामा उपप्रमुखमा जित हात पारेको छ भने जिल्लामा रहेको ६४ वडा मध्ये २४ वटा वडामा जित हात पारेर नेपाली काँग्रेस जिल्लाको सबै भन्दा ठूलो दल बनेको छ । नेकपा एमाले जिल्लामा दोस्रो ठूलो दल बनेको छ । नेकपा एमालेले मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकामा प्रमुख उपप्रमुख पदमा बिजय हासिल गरेको छ भने उमाकुण्ड गाउँपालिकामा प्रमुख र लिखुतामाकोशी गाउँपालिकामा उपप्रमुखमा बिजय हासिल गरेको छ भने जिल्लामा रहेको ६४ वटा वडा मध्ये नेकपा एमालेले पनि २४ वटा वडामा नै जित हात पारेको छ । त्यसै गरी नेकपा माओवादी केन्द्रले पनि सुनापती गाउँपालिकामा प्रमुख उपप्रमुख र दोरम्बा शैलुङ गाउँपालिकामा प्रमुखमा जित हात पारेको छ । जिल्लामा रहेको ६४ वडा मध्ये नेकपा माओवादी केन्द्रले १५ वटा वडामा जित हात पारेको छ । नेकपा एकीकृत समाजबादीले भने १ वटा वडामा मात्र जित हात पारेको छ । २०७४ को निर्वाचनमा भने नेपाली काँग्रेस तेस्रो भएको नेपाली काँग्रेस पाँच वर्ष पछि अर्थात् २०७९ को स्थानीय तह निर्वाचनमा रामेछापमा पहिलो पार्टी बनेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एक नगरपालिकाको प्रमुख, उपप्रमुख र एक गाउँपालिकाको उपाध्यक्ष मात्रै जितेको थियो भने १३ ओटा वडाको वडाध्यक्ष जितेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा रामेछापमा पहिलो भएको नेकपा एमाले २०७९ को निर्वाचनमा दुई पालिका गुमाउँदै दोस्रो भएको छ । २०७४ को निर्वाचनमा एमालेले २८ ओटा वडाको वडाध्यक्ष जितेको थियो । स्थानीय तह निर्वाचन २०७४ मा रामेछाप जिल्लामा दोस्रो भएको नेकपा माओवादी केन्द्र यो पटक तेस्रो भएको छ । ६४ वडा मध्ये माओवादी केन्द्रले २०७९ को निर्वाचनमा १५ ओटा वडा जितेको छ । त्यस्तै माओवादी केन्द्रले १६ महिला सदस्य, १५ दलित सदस्य र २९ खुल्ला सदस्य जितेको छ । २०७४ को निर्वाचनमा माओवादीले २१ ओटा वडाको वडाध्यक्ष जितेको थियो । नेकपा एकीकृत समाजवादीले आफ्नो अस्तित्व जोगाएको छ । केही समय अघि मात्रै बनेको नेकपा एकीकृत समाजवादी पार्टीले जिल्ला भर एउटा वडामा भएपनि आफ्नो अस्तित्व जोगाउँन सफल भएको छ । मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा वडाध्यक्ष पदमा निर्वाचत भएसँगै जिल्लामा समाजवादीले आफ्नो अस्तित्व जोगएको हो । समाजवादीले अन्य विभिन्न ठाउँमा माओवादी केन्द्रसँग गठबन्धन गरेर निर्वाचनमा गएको भएपनि पालिकाको प्रमुख र उपप्रमुख कुनै ठाउँमा जित्न सकेन । अघिल्लो निर्वाचनमा एक वडामा वडाध्यक्ष जितको राप्रपाले यो पटक कुनै पनि वडामा जित्न सकेन । २०७४ को निर्वाचनमा मन्थली नगरपालिका वडा नं १३ फुलासीमा वडाध्यक्ष जितेको राप्रपाले यो पटक कुनै पनि वडामा आफ्नो प्रतिनिधित्वत कायम राख्न सकेन ।
रामेछाप नगरपालिका नेपाली काँग्रेसले रामेछाप नगरपालिकामा प्रमुख उपप्रमुखसहित ९ वटा वडा मध्ये ७ वटा वडामा जित हात पारेको छ । रामेछाप नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार लवश्री न्यौपाने, नगर प्रमुखमा र बालाकुमारी कार्की, नगर उपप्रमुखमा विजय भएका छन् । प्रमुख उपप्रमुखसँगै ७ वटा वडामा जित हात पारेको छ । यस नगरपालिकामा नेकपा एमालेले कुनै पनि वडामासमेत जित हात पार्न सकेन भने नेकपा माओवादी केन्द्रले २ वटा वडा अध्यक्षमा जित हात पारेको छ । रामेछाप नगरपालिकामा अधिकांश वडा अध्यक्षसहित काँग्रेसले विजय हासिल गरेको छ । मेयरमा काँग्रेसका लबश्री न्यौपानेले एमालेका रोशन पाख्रिनलाई पराजित गर्दै नेपाली काँग्रेसका निवर्तमान सभापतिसमेत रहेका न्यौपाने विजय भएका छन् । निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । एमालेका पाख्रिनले ५ हजार ९ सय ८६ मत पाएका थिए । पाख्रिन अघिल्लो पटक पनि काँग्रेसका नरबहादुर थापामगरसँग एमालेका नेता पाख्रिन नगर प्रमुखमा पराजित भएका थिए । त्यसैगरी उपप्रमुखमा काँग्रेसकै बालकुमारी कार्की निर्वाचित भएकी छिन् । कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गरी निर्वाचित हुँदा एमालेकी सीता खत्रीले ५हजार ३ सय ४७ मत प्राप्त गरेकी छिन् । काँग्रेसले नगरका ९ मध्ये ६ वटा वडामा प्यानलै र १ वडामा वडा अध्यक्षसहित बहुमत सदस्य निर्वाचित गराउन सफल रहेको छ । एमालेबाट नगरप्रमुखका उम्मेदवारको वडा मात्र नभै एमालेको किल्ला भनेर चिनिएको वडा नम्बर ६ ओख्रेनीमा समेत काँग्रेसले यो पटक प्यानलै जित हात पारेको छ । त्यसैगरी वडा नम्बर १ गोठगाउँ र साँघुटारसमेत काँग्रेसले जितेको छ । माओवादी केन्द्रले भने २ वटा वडामा प्यानलै विजय गरेको छ । यसअघि माओवादी केन्द्रले जितेको रामपुरमा यो पटक काँग्रेसले अत्याधिक मत ल्याएर प्यानलै जितेको छ । रामेछाप नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार रेखबहादुर कार्की वडा अध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार निरकुमार श्रेष्ठ, वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार दलबहादुर प्रधान, वडा नम्बर ४ मा नेपाली काँग्रेसकै कृपा थापामगर वडा नम्बर ५ मा नेपाली कांग्रेसकै हरिशचन्द्र श्रेष्ठ, वडा नम्बर ६ मा नेपाली काँग्रेसकै राजेश तामाङ, वडा ७ मा नेपाली काँग्रेसकै समिर कार्की र वडा नमबर ८ मा पनि नेपाली काँग्रेसकै सन्तोष तामाङ बिजय भएका छन् भने वडा नम्बर ९ मा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्र बहादुर श्रेष्ठ बिजय भएका छन् ।
मन्थली नगरपालिका मन्थली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लब श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ नेपाली काँग्रेसका विनोदकुमार कार्कीलाई पराजित गरी निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले ९ हजार ७ सय १८ मत प्राप्त गरी नगर प्रमुख पदमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी काँग्रेसका कार्कीले ९ हजार १ सय २२ मत पाएका थिए । कार्की यस अघिल्लो निर्वाचनमा पनि मन्थली नगरपालिकामा एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । नगर प्रमुख पदमा निर्वाचित श्रेष्ठ एमालेका प्रदेश समिति सदस्य हुन् । विद्यार्थी संगठनदेखि राजनीतिमा सक्रिय श्रेष्ठले राजनीतिसँगै सामाजिक क्षेत्रमा रहेर काम गर्दै आएका छन् । उपप्रमुखमा एमालेकै ईश्वरी बस्नेत निर्वाचित भएकी छन् । बस्नेतले ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी काँग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ मत प्राप्त गरेकी थिइन् । बस्नेत शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएकी हुन् । पराजित भएकी श्रेष्ठ भने यसअघि मन्थली नगरपालिकाको कार्यपालिका सदस्य थिइन् । जिल्ला सदरमुकाम रहेको मन्थलीमा एमालेले प्रमुख उपप्रमुखसहित ६ वटा वडामा विजय हासिल गरेको छ । काँग्रेसले ६ वटा वडा, माओवादी केन्द्रले १ र एकीकृत समाजवादीले १ वडामा विजय हासिल गरेका छन् । मन्थली नगरपालिकामा यसअघि पनि एमाले विजयी भएको थियो । मन्थली नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार रामहरि पौडेल विजय भएका छन् । त्यसै गरी वडा नं २ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र कार्की, वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल थापा, वडा नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार राजन घिमिरे, वडा नम्बर ५ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रविन कार्की (नविन), वडा नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवार अशोककुमार तामाङ, वडा नम्बर ७ मा नेपाली काँग्रेसकै उम्मेदवार भुवनहरि प्रसाई वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ८ चिसापानीमा नेकपा एमालेका उम्मेदवार गोपाल श्रेष्ठ, वडा नम्बर ९ मा पनि नेकपा एमालेकै उम्मेदवार गोकर्णराज आराण, वडा अध्यक्षमा निर्वाचित भएका त्यसै गरी वडा नम्बर १० मा नेपाली काँग्रेसका उम्मेदवार गोपिलाल तामाङ, वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर थापामगर, वडा नम्बर १२ मा नेपाली काँग्रेसका उम्मेदवार खिलेन्द्र खत्री वडाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै गरी नेकपा एमालेबाटवडा नम्बर १३ मा नवराज थापामगर र वडा नम्बर १४ बाट पनि नेकपा एमालेबाटै मोतीलाल तामाङ वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
खाँडादेवी गाउँपालिका खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मदेवारहरु विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न मतगणनाको नजिजा सार्वजनिक गर्दै निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मदेवार ज्ञानकुमार श्रेष्ठ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको छ । श्रेष्ठले ७ हजार ३ सय ५९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका नवराज थोकरले ४ हजार ९ सय ९ मत पाए । त्यसैगरी उपाध्यक्षमा एमालेकी रमा घिसिङ ७ हजार ४ सय ५८ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका मानबहादुर लामाले ४ हजार १ सय ११ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित श्रेष्ठ २०५४ सालमा साविकको भिरपानी गाविसमा अध्यक्ष निर्वाचित भएका थिए । एमालेका विभिन्न पदमा रहेर काम गरेका उनले वाग्मती प्रदेश सरकारको योजना आयोगको सदस्य भएर काम गरेका थिए । खाँडादेवीका ९ मध्ये ७ वटा वडा नेतृत्वमा एमाले उम्मेदवार विजयी भएका छन् । काँग्रेसले वडा नम्बर ६ र माओवादी केन्द्रले वडा नम्बर १ जितेका छन् । रामेछापका सम्पूर्ण पालिकाको मतगणना कार्य सकिएको छ । गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार केशवकुमार प्रधान, वडा नम्बर ३ मा नेकपा एमालेकै पुष्करकुमार कार्की निर्वाचित भएका छन् । त्यस्तै गरी वडा नम्बर ४ को वडाअध्यक्षमा नेकपा एमालेकै कृष्णप्रसाद पौडेल, वडा नम्बर ५ मा मनोज पौडेल, वडा निर्वाचित भएका छन् । त्यसै गरी वडा नम्बर ६ मा भने नेपाली काँग्रेका उममेदवार नारायण कार्की, ७ मा नेकपा एमालेका उम्मेदवार सिरे तामाङ, वडा नम्बर ८ मा नेकपा एमालेका उम्मेदवार जंगलाल तामाङ, वडा नम्बर ९ मा पनि नेकपा एमालेकै अकलबहादुर भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
दोरम्बा शैलुङ गाउककपालिका दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित भएका छन् । मोक्तान एमालेका टंकप्रसाद चौलागाईंलाई झिनो मतान्तरले पराजित गरी विजय भएका हुन् । बुधबार राती सम्पन्न भएको मतगणनाअनुसार मोक्तानले ६ हजार २ सय ७० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार १ सय ५० मत प्राप्त गरेका थिए । उपाध्यक्षमा काँग्रेसकी खमला थापामगर ६ हजार ७ सय ८१ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी मुना कँडेल थापाले ५ हजार ३ सय १० मत पाएकी थिइन् । माओवादी केन्द्र र काँग्रेसले गठबन्धन गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सफल भएका हुन् । यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्षसहित अधिकांश पदमा आफ्ना उम्मेदवारलाई विजयी गराएको माओवादी केन्द्रले यो पटक २ वटा वडा र उपाध्यक्ष काँग्रेसलाई दिएर निर्वाचनमा होमिएको थियो । गठबन्धन गर्दा पनि एमालेले २ वटा वडामा निर्वाचन जितेको छ । गाउँपालिकामा निर्वाचिन मोक्तान माओवादीको भूमिगत कालदेखिका संघर्षशील व्यक्ति हुन् । उनले पार्टी राजनीति र जनसेना दुवैतर्फ रहेर भूमिगत अवस्थामा काम गरेका थिए । रामेछापको लखनपुर घर भएका मोक्तानले माओवादी रामेछापका जिल्ला ईन्चार्ज, अध्यक्ष, सचिव लगायतका पदमा रहेर काम गरिसकेका छन् । त्यसैगरी काँग्रेसको प्रदेश महाधिवेश प्रतिनिधि रहेकी उपाध्यक्षमा निर्वाचित खमला थापामगर अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएकी थिइन् । माओवादीले दोरम्बा शैलुङलाई युद्ध भूमिको रुपमा लिन्छ । यसअघि दोरम्बा र सुनापति गाउँपालिकाको अधिकांश पदमा नेतृत्व लिएको माओवादीले यो निर्वाचनमा केही सिट गुमाए पनि मुख्य नेतृत्व भने अरु पार्टीलाई लान दिएन । दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रेम लामा, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेचमान योञ्जन, वडा नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार सन्तलाल थापामगर र वडा ४ मा पनि नेपाली कांग्रेसकै उम्मेदवार श्यामलाल घिसिङ, वडाअध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगालाल तामाङ (कमान), वडा नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार टिका प्रसाद गौतम र वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रविण मोक्तान, वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
उमाकुण्ड गाउँपालिका उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली काँग्रेसकी सावित्री सुनुवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा सुनुवारले ३ हजार ७ सय २८ मत पाएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरेका थिए । सुनुवार यसअघि पनि उक्त पालिकाका अध्यक्ष थिए । उपाध्यक्षमा काँग्रेसकी सावित्री सुनुवारले २ हजार ९ सय २२ मत पाएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८ सय ३४ मत पाएकी थिइन् । सावित्री सुनुवार यसअघि वडा नम्बर ५ को उपनिर्वाचनमा वडाध्यक्ष पदमा एमालेका उम्मेदवारसँग पराजित भएकी थिइन् । अघिल्लो निर्वाचनमा पनि उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको थियो । अध्यक्षमा निर्वाचित सुनुवार उमाकुण्डमा २०५४ सालदेखि नेतृत्वमा छन् । २०५४ सालमा साविक प्रिती गाविसको अध्यक्ष भएर काम गरेका सुनुवार त्यसयता कुनै पनि निर्वाचनमा पराजित भएको अनुभव छैन । गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार ङावातिन्डु शेपा, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार खम्बाध्वज वस्नेत, वडा ३ मा नेकपा एमालेका गुणकुमार थापा, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनुवार वडा अध्यक्षमा निर्वाचित भएका छन् । त्यसै गरी वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार कुलबहादुर बस्नेत, वडा ६ मा नेपाली काँग्रेसका उम्मेदवार भरतराज खड्का, वडा वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार रुद्रमणि नेवार, वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
लिखु तामाकोसी गाउँपालिका लिखु तामाकोसी गाउँपालिकाको प्रमुखमा काँग्रेसका केशव महत विजयी भएका छन् । महतले एमालेका कमलप्रसाद कडरीयालाई पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतले ५ हजार १ सय १२ मत प्राप्त गरी विजय हुँदा उनका निकटतम प्रतिस्पर्धी कडरीयाले ४ हजार ८ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष महत अघिल्लो निर्वाचनमा वडा नम्बर ४ को वडाध्यक्षमा पराजित भएका थिए । उपाध्यक्षमा भने एमालेकी दीपा पाख्रिन विजयी भएकी छन् । पाख्रिन ४ हजार १ सय २६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी सरस्वती खड्का गुरुङले ३ हजार ९ सय ३३ मत प्राप्त गरेकी थिइन् । उपाध्यक्ष पदमा विजयी पाख्रिन जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख थिइन् । उपप्रमुख पदबाट राजीनामा गरेर गाउँपालिकाको उपाध्यक्ष लडेकी हुन् । ७ वटा वडा रहेको लिखु तामाकोसी गाउँपालिकामा अघिल्लो निर्वाचनमा १ वडाध्यक्ष र १ जना वडा सदस्य बाहेक सबै ३५ सिट एमालेले विजयी हासिल गरेको थियो । पहिलेदेखि नै एमालेको वर्चश्व रहेको उक्त पालिकामा काँग्रेसले ३० वर्ष पछि सफलता पाएको हो । गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदिप तामाङ, वडा २ मा पनि नेकपा एमालेकै उम्मेदवार सन्तोष पौडेल निर्वाचित भएका छन् । वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपालराज तामाङ, वडा नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार दिपककुमार मगर, वडा नम्बर ५ मा नेपाली काँग्रेसकै उम्मेदवार रोमबहादुर तामाङ, वडा नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार शिव प्रसाद न्यौपाने र वडा ७ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कैलाशकुमार दर्लामी वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
गोकुलगंगा गाउँपालिका गोकुलगंगा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) विजयी भएका छन् । खड्काले एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार खड्काले ६ हजार ९३ मत प्राप्त गरी अध्यक्षमा विजयी हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी सुनुवारले ४ हजार ७ सय १० मत पाएका थिए । त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै उषादेवी कार्की विजयी भएकी छिन् । कार्की ५ हजार २ सय ५३ मत पाएर विजयी भएकी हुन् । कार्कीकी प्रतिस्पर्धी एमालेकी राधिका नेवार श्रेष्ठले ४ हजार ६ सय ८६ मत पाएकी थिइन् । गोकुलगंगा एमालेको आधार इलाकाको रुपमा रहेको थियो । यसअघिको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी सुनुवार र नेवारलाई एमालेले यो पटक पनि उम्मेदवार बनाएको थियो । हालका विजयी खड्का नेपाल तरुण दल रामेछापका अध्यक्ष हुन् । खड्का राजनीतिक परिवार सदस्य हुन् । उनका बाबु स्व. पूर्णबहादुर खड्का २०४९ सालमा नामाडीको गाविस अध्यक्षमा निर्वाचित भएर काम गरेका थिए भने दाजु दीपक खड्का कांग्रेसको जिल्ला सचिव हुन् । १३ जना दाजु भाइमध्ये सबैभन्दा कान्छा काजीबहादुर खड्का युवा माझ लोकप्रिय छन् । गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार छत्रबहादुर बस्नेत, वडा नम्बर २ मा पनि नेपाली काँग्रेसकै सुरेन्द्र कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन् । त्यसै गरी वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार नरविक्रम कार्की, वडा नम्बर ४ नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र वस्नेत, वडा नमबर ५ मा नेकपा एमालेका उम्मेदवार दीपक कार्की र वडा नम्बर ६ नेपाली काँग्रेसका उम्मेदवार चन्द्रबहादुर सुनुवार, वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
सुनापति गाउँपालिका सुनापति गाउँपालिकामा माओवादी केन्द्रका ठूलोकान्छा तामाङ विजयी भएका छन् । नेपाली काँग्रेसका कमान खड्कालाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ५ हजार ३ सय ९८ मत ल्याएर विजय हासिल गरेको थियो । उनका प्रतिस्पर्धी काँग्रेसका कमान खड्काले ४ हजार ८ सय ९८ मत ल्याएका थिए । तामाङ यसअघि वडा नम्बर ५ का वडाध्यक्ष थिए । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै गीता विष्ट चौलागाईं विजयी भएकी छिन् । विष्टले ५ हजार ३ सय ६० मत प्राप्त गरेर विजयी भएकी हुन । विष्टकी प्रतिस्पर्धी ५ हजार ६८ मत प्राप्त गरेकी छिन् । विष्ट यसअघि पनि उपाध्यक्ष थिइन् । २०७४ सालको निर्वाचनमा पालिकाका सम्पूर्ण पदमा निर्वाचित भएको माओवादी केन्द्रले यस पटक पनि १ वडा अध्यक्ष र ४ जना वडा सदस्य गुमाएको छ । वडा नम्बर ३ हिलेदेवीमा काँग्रेसका वडा अध्यक्ष १ मतले पराजित भएका थिए भने ४ जना सदस्य विजयी भएका थिए । एमालेले भने १ जना प्रतिनिधि पनि विजयी गराउन सकेन । एमालेका अध्यक्ष उम्मेदवार २ हजार ३१ मतमा सीमित हुन पुगेका छन् । गाउँपालिकाको वडा नम्बर १ बाहेक सबै वडामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार धु्रव चौलागाई वडा अध्यक्षमा निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रले वडा नम्बर २ मा पदम थापामगर, वडा नम्बर ३ मा कुलबहादुर थिङ, वडा नम्बर ४ मा दण्डुप लामा, वडा नम्बर ५ मा चित्रबहादुर मानन्धर, बिजय भएका छन् ।
रामेछाप । जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका गरी ६४ वटा वडा रहेका छन् । जस मध्ये नेपाली काँग्रेस र नेकपा माओवादीका २ र समाजवादीका एक नेताले पार्टीको अस्तित्व जोगाउन सफल भएका छन् । नेपाली काँग्रेसका नेता धु्रव चौलागाईले सुनापती गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका नेता चण्डेश्वर चौलागाईलाई हराउदै आप्mनो पार्टीको अस्तित्व जोगाउन सफल भएका छन् । काँग्रेस नेता चौलागाईले ९ सय ३२ मत ल्याएर विजय भए भने नेकपा माओवादी केन्द्रका उम्मेदवार चौलागाईले ९ सय १७ मत मात्र पाए । काँग्रेस नेता चौलागाईले १५ मतको अग्रतामा बिजय हासिल गरेर सुनापतीमा पार्टीको प्रतिनिधित्व गर्दै पार्टीको अस्तित्व गुम्नबाट बचाएको छ । त्यस्तै गरी खाँडादेवी गाउँपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवार नारायण कार्कीले पार्टीका अस्तित्व गुम्नबाट जोगाउन सफल भएका छन् । काँग्रेस नेता कार्कीले पनि पालिकामा रहेको ९ वटै वडा मध्ये ८ वटा वडामा नेपाली काँग्रेस शुन्य भइरहेको अवस्थामा वडा नम्बर ६ मा जित हात पारेर पार्टीको अस्तित्व जोगाएका छन् । उनले नेकपा एमालेका उम्मेदवार गोपाल कार्कीलाई १ सय २७ मतले हराउदै बिजय भएका हुन । काँग्रेस नेता कार्कीले ७ सय ४ मत ल्याउदा एमाले नेता कार्कीले ५ सय ७७ मत मात्र ल्याउन सफल भए । नेकपा माओवादी केन्द्रका नेता रामकुमार श्रेष्ठले पनि खाँडादेवी गाउँपालिकामा आप्mनो पार्टीको अस्तित्व जोगाउन सफल भएका छन् । पार्टीको प्रतिनिधित्व शुन्य भएको अवस्थामा गाउँपालिकाको वडा नम्बर १ राकाथुममा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार श्रेष्ठले ८६ मतले नेकपा एमालेका नेता प्रेमबहादुर श्रेष्ठलाई हराउदै पार्टीको अस्तित्व गुम्नबाट जोगाएका छन् । एमाले उम्मेदवार श्रेष्ठले ७ सय १८ मत ल्याउदा नेकपा एमालेका नेता प्रेमबहादुर श्रेष्ठले ६ सय ३२ मत मात्र ल्याउन सफल भए । त्यसै गरी मन्थली नगरपालिका ११ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर थापामगरले पार्टीको अस्तित्व गुम्नबाट जोगाएका छन् । नगरपालिकामा रहेको १४ वडामा पार्टीको प्रतिनिधित्व शुन्य हुनबाट मगरले जोगाएका छन् । माओवादीका उम्मेदवार थापामगरले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर पुलामीलाई ६ सय २३ मत अन्तरले हराउदै आप्mनो पार्टीको अस्तित्व जोगाउन सफल भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर थापामगरले १ हजार १ सय ८८ मत ल्याउदा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर पुलामी मगरले ५ सय ६५ मत मात्र ल्याउन सफल भए । त्यस्तै गरी जिल्लामै नेकपा एकीकृत समाजवादी पार्टीको अस्तित्व मन्थली नगरपालिका वडा नम्बर ५ मा रविन कार्कीले जोगाएका छन् । जिल्लाको सबै स्थानीय तहमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रतिनिधितत्व शुन्य भइरहेको अवस्थामा रविन कार्कीले नेकपा एमालेका उम्मेदवारलाई २५ मतले पराजय गदै आफ्नो पार्टीको अस्तित्व जोगाएको छ । समाजवादीका कार्कीले ४ सय ४४ मत पाउदा नेकपा एमालेका उम्मेदवार गनेश कार्कीले ४ सय १९ मत मात्र प्राप्त गरेका थिए ।
रामेछाप । रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार लब श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार कार्कीलाई पराजित गरी निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवार श्रेष्ठले ९ हजार ७ सय १८ मत प्राप्त गरी नगर प्रमुख पदमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कार्कीले ९ हजार १ सय २२ मत पाएका थिए । कार्की यस अघिल्लो निर्वाचनमा पनि मन्थली नगरपालिकामा एमालेकै उम्मेदवारसँग पराजित भएका थिए । नगर प्रमुख पदमा निर्वाचित श्रेष्ठ एमालेका प्रदेश समिति सदस्य हुन् ।
उपप्रमुखमा एमालेकै उम्मेदवार ईश्वरी बस्नेत निर्वाचित भएकी छन् । बस्नेतले ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार यशोदा श्रेष्ठले ९ हजार ५४ मत प्राप्त गरेकी थिइन् ।
जिल्ला सदरमुकाम रहेको मन्थलीमा एमालेले प्रमुख उपप्रमुखसहित ६ वटा वडामा विजय हासिल गरेको छ । कांग्रेसले ६ वटा वडा, माओवादी केन्द्रले १ र एकीकृत समाजवादीले १ वडामा विजय हासिल गरेका छन् । मन्थली नगरपालिकामा यसअघि पनि एमाले विजयी भएको थियो ।
रामेछाप । रामेछाप नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार लबश्री न्यौपाने ७ वटा वडा सहित विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रोशन पाख्रिनलाई ६ सय ५३ मतले पराजित गरी न्यौपाने नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार न्यौपानेले ६ हजार ६ सय ३९ मत ल्याएर विजय हासिल गरेको छ भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रोशन पाख्रीनले ५ हजार ९ सय ८६ मत ल्याएका छन् ।
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका बालाकुमारी कार्की विजयी भएकी छिन् । कार्कीले ६ हजार ६ सय ४ मत प्राप्त गरेर विजयी भएकी हुन । कार्कीकी प्रतिस्पर्धी नेकपा एमालेकी सिता कुमारी खत्रीले ५ हजार ३ सय ४७ मत प्राप्त गरेकी छिन् । नगर पालिकामा रहेको ९ वटा वडा मध्य ७ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
यस अघिको २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३ वटा वडामा मात्र जित हात पारेको थियो । नेपाली कांग्रेसले ७ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा जित हात पारेको छ भने नेकपा एमालेले कुनै पनी वडामा जित हात पार्न सकेको छैन् ।
रामेछाप । लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले र उपाध्यक्ष नेकपा एमालेले जित हात पारेको छ । गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्म्मेदवार केशब महत विजयी भएका छन् ।
महतले ५ हजार १ सय १२ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट दिपा पाख्रिन ४ हजार १ सय २६ मत ल्याएर निर्वाचित भएकी छन् । महतले नेकपा एमालेका उम्मेदवार कमल कडरियालाई १ हजार १ सय ४ मतले हराएको छ भने नेकपा एमालेका उम्मेदवार दिपा पाख्रिनले नेपाली कांग्रेसका उम्मेदवार सरस्वती गुरुङ्ग खड्कालाई १ सय ३३ मतले हराएको छ ।
गाउँपालिका अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमल कडरियाले ४ हजार ८ मत ल्याएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती गुरुङ्ग खड्काले ३ हजार ९ सय ९३ मत ल्याएकी छन् ।
रामेछाप । मन्थली नगरपालिका वडा नं १ मन्थलीको वडा अध्यक्षमा नेपाली काँग्रेसको होमप्रसाद पौडेल (रामहरि) विजय भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीका आनुसार पौडेलले नेकपा एमाले वडाध्यक्षका उम्मेदवार दिनेश सुवेदीलाई १३६ मतान्तरले जितेका हुन ।
काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित पौडेलले ९२० मत प्राप्त गरे भने एमालेका उम्मेदवार सुवेदीले ७८४ मत प्राप्त गरे ।
यस्तै महिला सदस्यमा नेपाली काँग्रेसबाट तिजकुमारी भुजेल, दलित महिला सदस्यमा नेकपा एमालेबाट सीता सार्की, सदस्यमा काँग्रेसबाट चन्द्रबहादुर माझी र एमालेबाट रामकुमार माझि निर्वाचित भएका छन् ।
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडानम्बर १ चुचुरेमा नेपाली काँग्रेस विजयी भएको छ । यो सँगै नरपाली काँग्रेसले रामेछापमा बिजयको खाता खोलेको छ । नेपाली काँग्रेसकाका छत्रबहादुर बस्नेत ७१५ मतका साथ बिजयी भएका हुन् । चुचुरेमा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएका छन् ।
निकतम प्रतिद्वन्दी एमालेका रामजी कार्कीले ६१९ मत पाएका छन् ।
रामेछाप नगरपालिका वडा नं १ बाट हिजो मतपेटिका ल्याउने क्रममा मतपेटिका बोकेको गाडी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३ जना सामान्य घाइते भएका थिए । दुर्घटना भएको गाडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसँगै नफर्कीएर सुरक्षाकर्मी मात्रै फर्कनुले घटना रहस्यमय र झालझेल रहेको भन्दै एमाले र माओवादीले मतगणना गर्न नदिने वताएका छन । राजनीति दलहरुले सेटिङमै घटना घटाएको भन्दै चित्त बुझ्दो जवाफ मतदान अधिकृतले नदिएसम्म मतगणना गर्न नदिने बताएका छ्न । सहमतिको प्रयास भैरहेको छ ।
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.१ राकाथुमको मतदान केन्द्रमा मतदान स्थगित भएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बिच झडप हुँदा मतदान स्थगित भएको हो ।
दुई पार्टीका कार्यकर्ताहरु बिच झडप हुँदा प्रहरीले स्थितीलाई नियन्त्रण लिन ७ राउन्ड हवाई फाएर गरेको थियो । अहिले उक्त मतदान केन्द्रमा मतदान स्थगीत भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताए ।
त्यसैगरी खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरवास मतदान केन्द्रमा मतदाता को नाम नमिलेको भन्दै विवाद हुँदा अहिले उक्त केन्द्रको मतदान प्रक्रिया पनि स्थगित भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।
त्यसैगरी दोरम्वा शैलुङ्ग गाउँपालिकाको मानपुर मावि मतदान केन्द्रमा पनि दुई पक्षिय झडप हुँदा प्रहरीले स्थिती नियन्त्रण लिन १ राउण्ड हवाई फायर गरेको छ । सो मतदान केन्द्रमा पनि अहिले मतदान प्रक्रिया स्थगीत भएको छ ।
त्यस्तै मन्थली नगरपालिका–१२ गेलुको सिक्राल मतदान स्थलमा पनि झडप हुँदा प्रहरीले ३ राउन्ड हवाई फाएर गरेको छ । अहिले उक्त मतदान केन्द्रमा पनि मतदान प्रक्रिया स्थगित भएको छ ।
रामेछाप । रामेछापमा वडा अध्यक्षका उम्मेदवार माथि खुकुरी प्रहार भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुकास्थलीमा राप्रपा नेपाल र नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार रमेशकुमार सुनुवारलाई खुकुरी प्रहार गरेका छन् ।
वडा अध्यक्षका उम्मेदवार सुनुवार गम्भीर घाइते भएको नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सम्शेर कार्कीले बताए । उनका अनुसार वडाका वडा अध्यक्ष समेत रहेका सुनुवारलाई राप्रपा र एमालेका कार्यकर्ताले पछाडिबाट झुक्याएर खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते सुनुवारलाई वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा लगिएको छ ।
खुकुरी प्रहार गर्ने पबित्र सुनुवार सहित केही कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
रामेछाप । स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्ने गरी नेकपा एमालेले रामेछापको लिखु तामामाकोशी गाउँपालिकाको विजुलीकोटमा १ ट्रक रासायनिक मल पुर्याए पछि स्थानीयले कव्जा गरि प्रहरीको जिम्मा लगाएका छन् ।
विजुलीकोटको भुमेडाडामा पुर्याएको डिएपी र युरिया गरी करिव १ सय बोरा मल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धोविमा बुझाइएको स्थानियले बताए ।
नियन्त्रणमा लिइएको मल कसले र कहाँका लागि ल्याएको भन्ने विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताए । मल ल्याएको कागज पत्र सहित चालक फरार भएको बेला प्रहरी पुगेकाले पनि उक्त मल थप रहस्यको विषय भएको थिङ बताउँछन । ‘सुरुमा जानकारी आउदा एमालेले मल ल्यायो भन्ने सुन्नमा आएको हो ’ प्रनाउ थिङले भने तर त्यस बारेमा पुष्टि भइसकेको छैन, हामी वुझ्ने क्रममा छौं ।
मलको गाडि सगैं पक्राउ परेका चालकले आफु तिल्पुङबाट मात्र चालक भएर आएकाले असली चालक आफु नभएको वताएका छन् । ट्रक र मलको विल लगाएतका कागजात नभेटिएकोले उक्त मल राजश्व छलेर ल्याएको हुन सक्ने तर्फ प्रहरीले अनुसन्धान अघी बढाउने भएको छ ।
यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटाइएका शिक्षक कर्मचारी व्यवस्थापनप्रति रामेछापमा क्रियाशिल शिक्षकका पेशागत संस्थाहरुले आपत्ति जनाएका छन् ।
कर्मचारी व्यवस्थापनमा शिक्षकहरुको मान सम्मान आँच पुग्ने गरी जिम्मेवारी तोकिएकोमा असहमती जाहेर
गर्दै उनिहरूले जिल्ला निर्वाचन कार्यालय मन्थली रामेछापमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले निर्वाचन प्रयोजनका लागि खटाएका कर्मचारीहरूमा प्रावि दृतिय तहका शिक्षकहरूलाई १४ वटा मतदान केन्द्रमा श्रेणी बिहिन कर्मचारीहरूको मातहतमा रहने गरि सहायक कर्मचारीको रुपमा खटाएको कारण शिक्षहरूले आफ्नो मानमर्दन भएको भन्दै आफ्ना संगठनहरू समक्ष गुनासो राखेका थिए । सोहि आधारमा जिल्ला स्थित बिभिन्न पेशागत शिक्षक संघ संगठनका प्रमुख तथा प।रतिनिधिहरूको बैठक बसि निर्वाचन कार्यालयको उक्त निर्णय बिरुद्ध ध्यानाकर्षणपत्र बुझाईएको हो ।
उक्त पत्रमा शिक्षकहरुको तहगत र श्रेणीगत स्तरलाई वेवास्ता गरी तोकिएको जिम्मेवारीले शिक्षकहरुको स्वाभिमान गिराएको शिक्षक संघ संगठनहरू ठहर छ । यसरी हठात् मनोवल गिराउने कार्यले आम शिक्षकहरू चिन्तित रहेको पत्रमा उल्लेख छ ।
ध्यानाकर्षणपत्र बुझाउदै शिक्षक संघ संगठनहरूले कर्मचारी व्यवस्थापनमा शिक्षकको मान सम्मानमा आँच नपुग्ने गरी व्यवस्थापन गर्नका लागि समेत माग गरेका छन् ।माग पुरा नभएको खण्डमा शिक्षकहरु तोकिएको कार्य क्षेत्रमा गई कार्य सम्पादन गर्न वाध्य नहुने समेत पत्रमा लेखिएको छ । पत्रमा भनिएको छ यदि निर्वाचन कार्यालयले शिक्षकहरूको संघसंठनले गरेको माग पुरा नगरे यसवाट पर्न सक्ने असरप्रति सम्वन्धितनिकाय नै पूर्ण जिम्मेवार रहने छ ।
ध्याकर्षण पत्रमा केन्द्रीय सदस्य एवं वागमती प्रदेश ने. रा शि संगठन ,अध्यक्ष नीर वहादुर कार्की, केन्द्रीय सदस्य एवं एकिकृत अखिल नेपाल शिक्षक संगठन रामेछाप अध्यक्ष सोम प्रसाद भट्टराई, अर्थ महासचिव वागमती प्रदेश ने. शि.संघकी कमला थापा, ने शि. महासंघ रामेछापका सचिव रामकृष्ण श्रेष्ठ, ने. रा शि संगठन रामेछापका अध्यक्ष केशर वहादुर श्रेष्ठ, नेपाल शिक्षक संघ रामेछापका का. वा. अध्यक्ष प्रविणा पौडेल लगायतले हस्ताक्षर गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले कर्मचारी व्यवस्थापनको सन्दर्भमा कमजोरी भएको भन्दै त्यसलाई सच्याएर कार्यालय अगाडी बढ्न तयार रहेको बताए । उनले भने- हामी सबैले काम गर्दा जिम्मेवारपूर्ण तरिकाले काम गर्न पर्ने हो । हाम्रा संयन्त्रहरूको गैरजिम्मेवारीपनका कारण यो अवस्था आएको हो । तसर्थ यसलाई हामीले सच्याउने निर्णय गरिसकेका छौँ ।
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ६ सेलेघाटमा माईक्रोवस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको छ ।
दिउसो करीब १:३० बजे काठमाण्डौं बाट मन्थली तर्फ आउदै गरेको बा २ ख ४१८० नम्बरको माइक्रोवस सडक बाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए ।
घाइतेहरुको तत्काल उद्धार गरी सिन्धुलीको खुर्कोटमा रहेको शुभजिवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार गराइरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।
घाइते मध्य रामेछापको खाँडादेवी गाउँपालिका– १ बस्ने बर्ष ३७ वर्षकी सविना मोक्तान र मन्थली नगरपालिका –५ का ३७ बर्षका सिताराम कार्कीको अवस्था गम्भिर छ । उनीहरुको खुर्कोटको शुभजिवन अस्पतालमा उपचार भइरहेको छ । अन्य आठ जनाको अवस्था समान्य रहेको छ । उनीहरुको पनी शुभजिवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका–४ सालु बस्ने चालक नारद खड्का भने फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
रामेछाप । नेकपा एमाले रामेछापले पार्टिको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । “सामाजिक न्याय सन्तुलित विकास र सुशासनमा जोड” दिंदै बधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मलनको आयोजना गरि एमाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको हो ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दे एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पत्रकारका माझ आफनो पर्टिले जिम्मेवारपूर्वक जनता माझ जान चाहेको भन्दै पार्टि सरकारमा रहदा विगतमा गरेका राम्रा काम र भावि कार्ययोजनाहरुलाई पनि प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गरिएको जानकारी गराए ।
नजिकिदै गरेको स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि ल्याईएको प्रतिबद्धतापत्रमा जिल्लाका सबै स्थानिय निकायहरुको दिर्घकालीन विकास र तिनको कार्यान्वयनका लागि जिल्ला पार्टिको तर्फबाट जारी गरिएको प्रतिबद्धतापत्रमा शिक्षा,स्वास्थ कृषि,खानेपानी,याताायतको दिगो विकास स्वरोजगार देखि शुसासन सम्म गरि करिब २० वटा बुँदा लाई समावेश गरिएको छ । उक्त बुंदामा आफना उमेद्वारहरुले विजयी भएको खण्डमा आगामि ५ बर्षमा गरिने कार्य योजना सहितको स्पष्ट खाका तयार गरिएको छ ।
सामाजिक न्याय,सन्तुलित विकाश,संबृद्धि र शुसासनका लागि नेकपा एमालेलाई मतदान भन्ने मुल नारा सहित एमालेले तय गरेको १९ पेज लामो प्रतिबद्धता पत्रमा उसले सबै शिर्षकको बुँदागत रुपमा ब्याख्या गरेको छ । जस अनुसार उसले तय गरेका मुख्य शिर्षकमा स्थानिय तहको पुर्वाधार विकाश र सेवा प्रर्वाह,शिक्षा तथा शैक्षिक पुर्वाधार,स्वास्थ र पोषण,खानेपानी,सडक पुर्वाधार ,विद्युतिकरण र आधुनिक उर्जा,जलश्रोत तथा सिंचाई,र कृषिको विकास र आधुनिकिकरणमा जोड दिएको छ ।
त्यसैगरि सामाजिक सुरक्षा कार्यक्रम विस्तार र ब्यवस्थापन,बन वाताबरण तथा विपद् ब्यवस्थापन,उद्योग बाणिज्य तथा आपुर्ति भुकम्प पछिको पुनः निर्माण र ब्यवस्थापन भुमि ब्यवस्थापन र शहरी विकास र बस्ति विकास,पर्यटन पर्वद्धन,सामाजिक संंघ संस्थाको ब्यवस्थापन बैक वित्तिय सस्थाको उचित ब्यवस्थापन देखि शुसासन सम्मका कुराहरुलाई पनि उसले आफनो घोषणा पत्रमा उल्लेख गरेको छ ।
विगत ५ बर्षेमा आफना जन प्रतिनिधिले गरेको कामको अनुभबका आधारमा उसले आगामि दिनमा आफना तर्फबाट जितेका सबै जनप्रतिनिधिहरुले मनोपली ढंगले काम गर्न नपाउने भन्दै उनिहरुले पार्टिले तय गरेको प्रतिबद्धता पत्रलाई मुल आधार बनाएर काम गर्ने निति पार्टिले अबलम्बन गर्न लागेको जानकारी पनि एमालेले पत्रकार सम्मेलन मार्फत गरायो । प्रतिबद्धता सार्वजनिक गर्दे अध्यक्ष आनन्द श्रेष्ठले विगतका कमि कम्जोरी मार्फत शिक्षा प्राप्ती गरेको एमाले जनजीविकाका सवालमा गम्भिर र जिम्मेवार रहेको भन्दै त्यसको बास्तविक कार्यान्वयन र स्थानिय निकायको दिगो विकासका लागि पनि प्रतिबद्धता पत्र जिल्लाको दिघो विकासका लागि कोशे ढुंगा सावित हुने विश्वास पनि अध्यक्ष श्रेष्ठले गरे ।
पार्टिबाट जितेको कतिपय जनप्रतिनिधिहरुको ब्यवहारले विगतमा एमालेले पनि ठुलो अपजस भोग्नु परेकोले एमाले पार्टिले पनि विगतको समिक्षा र आगामी ५ बर्षमा आफना मतदाताहरुलाई आर्कर्षित गराउने खालका सकरात्मक नितिहरुलाई पनि आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
रामेछाप ।यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि रामेछापको मन्थली नगरपालिकामा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार लब श्रेष्ठ र उपमेयरका उम्मेदवार इश्वरी बस्नेत चुनावी अभियानमा व्यस्त देखिएका छन् ।
श्रेष्ठले मन्थली नगरपालिकाको विकास, ऐतिहासिक तथा पूरातात्विक सम्पदाको संरक्षण, विश्व स्तरीय सञ्चार प्रविधिमार्फत काममा सहजता लगायतका काममा आफ्नो प्रतिबद्धता रहेको बताएका छन् । सबै वडाबासीले घरबाट नै बिजुलीको शुल्क, खानेपानीको पहुँच पुगेका ठाउँहरुमा खानेपानीको शुल्क, जग्गाको तिरो लगायतका सेवा शुल्क तिर्न सक्ने वातावरण बनाउने र तत्कालका लागि कम्तीमा वडाबाट यो सेवाको सुरुवात गर्ने लक्ष्य रहेको श्रेष्ठले बताएका छन् ।
रामेछाप । खाँडादेवी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेको छ ।गठबन्धन विच चुनावी तालमेल नसके पछि काऊग्रेस र माओबादीले छुट्टाछुट्टै उम्मेदवारी दिएको थियो । तर पुनः १६ गते कांग्रेस र माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर अगी बढ्ने निर्णय भएको छ । कांग्रेस बाट अध्यक्षको उम्मेरदवारलाई माओवादीले सर्मथन गर्ने र माओवादीको उम्मेदवारलाई कांग्रेसले सहयोग गर्ने गरी चुनावी तालमेल भएको नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधी रत्तनहरी ढुङ्गेलले जानकारी दिए ।
कांग्रेसबाट अध्यक्षको उम्मेदवारी दिएका नवराज थोकर र माओवादीबाट उपाध्यक्षका उम्मेदवार मान बहादुर लामाले हस्ताक्षर गरेको सहमतिमा निर्वाचनमा दुवै पार्टीले साझा उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाइएको छ । शुक्रबार भएको सहमति अनुसार गठबन्धनको चाहना र भावना अनुसार चुनाव जिताउने गरी दुवै पार्टीले आफ्ना कार्यकर्तालाई परिचालन गरिने उल्लेख गरिएको छ ।
त्यस्तै गरी दोरम्बा शैलुङ्ग गाउँपालिकामा पनी चुनावी तालमेल भएको छ । नेकपा माओवादी केन्द्रले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष लिने गरी सहमती भएको हो । माओवादी केन्द्र बाट अध्यक्षको उम्मेदवारी दिएका मैन कुमार मुक्तानलाई नेपाली कांग्रेसले सहयोग गर्ने र नेपाली कांग्रेस बाट उपाध्यक्षको उम्मेदवारी दिएका खमला मगरलाई माओवादी केन्द्रले सहयोग गर्ने गरी सहमती भएको माओवादी बाट अध्यक्षको उम्मेदवारी दिएका माओबादी केन्द्रका अध्यक्ष मैन कुमार मुक्तान मदनले जानकारी दिए ।
रामेछाप । नेपाली काँग्रेसका तर्फबाट रामेछाप नगरपालिकाका प्रमुख पदका उमेद्वार लबश्री न्यौपानेले शिक्षाको विकास विना अन्य कुनै पनि विकास दिर्घजीवी नहुने भएकोले शिक्षाको विकाशका लागि थप प्रकृया अघि बढाईने आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । त्यसका लागि उनले गुणस्तरिय र प्राविधिक शिक्षाको विकासलाई जोडदिदै बेरोजगारी समस्या समाधानको विषयलाई पनि उनले प्रतिबद्धता पत्रमा जोड दिएका छन् । त्यसका लागि बेरोजगार युवाहरुको छुट्टै तथ्याँक संकलन गरि उनिहरुको क्षमता विकास र विभिन्न सिपमुलक तालिम संचालन गरि कृषि उत्पादनलाई जोडदिने र तालीम प्राप्तहरुलाई नगरपालीका मार्फत सर्बसुलभ रुपमा क्रण दिने ब्यवस्थालाई पनि कार्यान्वयन गरिने छ ।
न्यौपानेले निर्वाचन जितेमा आगामी ५ बर्ष भित्र प्रत्यक नगरवासीका घर घरमा खानेपानीको धारा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले त्यसका लागि स्थानिय स्तरमा संभावित खानेपानीका मुहानको पहिचान गरि मुहान नभएका ठाउँहरुमा सुनकोशी तथा लिखु नदिको पानिलाई लिफटको माध्यमबाट घर घरमा पुर्याएर काकाकुल नगरबासिहरुलाई स्वच्छ खानेपानीको समस्यालाई समाधान गर्नको लागि स्थानिय स्तरको अलाबा प्रदेश र संघिय सरकार संगको सम्बन्धलाई थप कसिलो बनाउँदै लंजाने र त्यसको दिर्घकालीन समस्या समाधान गर्न ब्यवस्था मिलाईने पनि उनले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
त्यस बाहेक उनले आफनो प्रतिबद्धता पत्रमा सबै वडाहरुलाई नगरमुकाम र सदरमुकाम जोड्ने बाटाहरुको स्तरोन्नोती गरि आबश्यक्ताका आधारमा बाह्रै महिना सहज रुपमा यातायातको साधन चल्न सक्ने ब्यवस्था मिलाईने कुरा पनि उल्लोख गरेका छन् । यसैगरि नगरपालीकाका सबै खाले गौरबका योजनाहरुलाईै निरन्तरता दिंदै,नगरपालीका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय क्षेत्रहरुलाइ पनि प्रमुखताका आधारमा संरक्षण गर्दे अगाडि बढिने निति अबलम्बन गरिने कुरालाई पनि न्यौपानेले आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
नगरको दिर्घकालीन विकासकालागि खानेपानी, सडक ,गुणस्तरिय शिक्षा,स्वास्थ रोजगारी,कृषि तथा पर्यटनको विषयलाई मुख्य एजेण्डाको रुपमा न्यौपानेको ७० बुदे प्रतिबद्धता पत्रमा छ ।
नेपाली काँग्रेस रामेछापका पुर्व सभापति ,महाधिबेसन प्रतिनिधी हुँदै नेपाल किसान संघका केन्द्रिय महासचिबको समेत जिम्मेवारी सकुशल पु्रागरि सकेका न्यौपानेले जिल्लामा साधगि नेताको रुपमा आफनो पहिचान बनाएका छन् ।
उनले आफनो कार्यकालमा सदरमुकाम मन्थलीमा करिब ३ करोडको लागतमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आफनै भबन समेत निर्माण गरिदिएका छन् । सादा जीवन उच्च विचार र नैतिकवान नेताको रुपमा परिचित नेता न्यौपानेले पटक पटक जेल जीवन समेत विताएका छन् ।
परिवर्तनमै समाहित भएबापत उनका पीता पंण्डित राम प्रसाद न्यौपाने,पद्म शंकर अधिकारी,पंडित टंक नाथ पौडेल, लगायका अग्रजहरुले जयतु संस्कृतं आन्दोलनमा लागेवापत तत्कालीन राणा शासकले टाउकामा चारपाटा हानेर देश निकाला हुनु परेको थियो । कठिन परिस्थीतिमा पनि परिबर्तन र प्रजातान्त्रीक आन्दोलनलाई आफनो प्राण बायु जस्तै बनाएर निरन्तर राजनितिक यात्रामा लाग्दै आएका न्यौपानेको योगदानलाई यस पटक नगरवासीले पनि मुख्याँकन गर्नै बेला आएको जानकार हरुले बताएका छन् ।
रामेछापमा चुनाव प्रचारप्रसारको क्रम बढेको छ । उम्मेद्वारहरू कार्यकर्ताको साथमा घरदैलो अभियानदेखी सामाजिक सञ्जालको प्रयोग गर्दै चुनावी अभियानमा लागेको छ । रामेछापमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,नेकपा एकिकृत समाजवादी,राप्रपा लगायतका अन्य दलहरू पनि चुनाव प्रचारप्रसारमा व्यस्त छन।
अहिले भोट माग्न गरिएको समय खर्च पहिले देखि नै नागरिकहरूका लागि खर्चेको भए राम्रो हुने पत्रकार महासंघ रामेछापका अध्यक्ष बताउछन् । उनि भन्छन् – नागरिकलाई अफ्ठेरो परेको बेला सकेको सहयोग गर्ने र विकासमुखि नेतृत्व चुन्न नागरिकहरूले सिकिसकेकाछन् । यो प्रचार त विधि पुर्याउन गरिएको मात्र हो ।
रामेछाप । मन्थली नगरपालिका–८ चिसापानीका नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश पुरीले आफु निर्वाचित भए कुनै पनि सरकारी सेवा सुविधा नलिने बताएका छन् । पुरीले आफु वडाध्यक्षमा जीते आफ्नो वडालाई समृद्ध बनाउने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
आफनो प्रतिवद्धता पत्र सार्वजनीक गर्दै पुरीले भनेका छन् चिसापानी धर्म संस्कार संस्कृती र भुगोलले सम्पन्न हुदा हुदै पनी यस अघिका जन प्रतिनिधीका कारण गाउँको समृद्धिमा बाधा पुगेको पनि पुरिले बताएका छन् ।
लिखित प्रतिबद्धता मार्फत आफ्ना भावि कार्ययोजना अगाडि सार्दै वडाध्यक्षका उम्मेद्वार पुरीले आफु विजयी भए त्यस बापत पाउने सरकारी सुविधा लगायतको कुनै पनि रकम नलिने भन्दै त्यस वापत आउने रकम वडाका दलित तथा विपन्न बालबालिकाको पढाइमा सहयोग गर्ने घोषणा समेत गरेका छन् । उनले वडालाई नमूना वडाको रुपमा विकास गर्ने योजना आफूसँग मात्रै रहेका भन्दै आफु वडाध्यक्षमा निर्वाचत भए कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, रोजगार र भौतिक संरचनाका कुरालाई प्राथमिकतामा राखेर काम गर्ने पनि आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
रामेछाप । मन्थली नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनाबी तालमेल हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएर कांग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका होम प्रसाद पौडेल (रामहरी)लाई सघाउने गरी दुई पार्टी बीच तालमेल भएको हो ।