राबाबैक मन्थलीद्धारा एसइई उर्तिर्ण विद्यार्थिलाई सम्मान


रामेछाप । आर्थिक अभियानमा मात्र केन्द्रिकृत हुने गरेको राबाबैक मन्थली शाखाले यस पटक वित्तिय साक्षरता कक्षाका नाममा छुट्टै कार्यक्रमको को आयोजना गरेको छ ।

उसले एक औपचारीक कार्यक्रमका बीच मन्थली माविबाट एसईइमा उर्तिण विद्यार्थिहरुलाई स्वागत तथा सम्मान गरेको छ । सो कार्यक्रम अन्र्तगत उसले सदरमुकामको मन्थली माविबाट एसइई परिक्षा २०७८मा उर्तिर्ण विद्यार्थिहरुलाई सम्मान गरेको हो ।

उर्तिण सबै विद्यार्थिलाई शाखाका प्रमुख मुकेश दाहाल,नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरे र बरिष्ठ पत्रकार टीका भट्ले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै शाखाका प्रमुख मुकेश दाहालले राबा बैकको ईतिहासमा पहिलो पटक मन्थली शाखाले यस खालको काम गरेको जानकारी गराउनु हुँदे उर्तिर्ण विद्यार्थिको उत्तरोत्तर कामना गर्नु भएको थियो ।

भविष्यको भएको थियो । उहाँले एसईई उर्तिर्ण विद्यार्थिहरुको मनोबल उँचो बनाएर उनिहरुलाई भोलीको दिनमा सहि मार्ग मार्फत असल नागरिक बन्न प्रेरणा मिलोस भन्नका लागि शाखाले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी पनि शाखा प्रमुख दाहालले गराउनु भयो । उहाँले भनुभयो हामिले गरेको यो कार्यक्रम त्यति ठुलो कार्यक्रम त होईन ।

सानो भए पनि विद्यार्थिहरु विच असल सन्देश प्रबाह होस भन्नका लागि पनि बैकले सो कार्यक्रमको आयोजना गरेको बताउनु भयो । बैकले आर्थिक कारोबार बाहेक शैक्षिक क्षेत्रमा पनि धेर थोर काम गर्दा सकरात्मक सन्देश प्रबाह होस भन्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको पनि प्रबन्धक दाहालले सो अबसरमा बताउनु भएको थियो ।

तपाईको प्रतिकृया दिनुहोस्