Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका कोरोना फोकल पर्सन भन्छन्, ‘जिल्लाको समुदायमा कोरोना संक्रमण फैलिएको छैन’ (भिडियाे सहित्)

जनता भ्वाइस by जनता भ्वाइस
August 16, 2020
in जनता स्पेसल
0
रामेछापका कोरोना फोकल पर्सन भन्छन्, ‘जिल्लाको समुदायमा कोरोना संक्रमण फैलिएको छैन’ (भिडियाे सहित्)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter


साउन ३१ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
रामेछाप जिल्ला अस्पतालका डाक्टर तथा कोरोना फोकल पर्सन डाक्टर आनन्दप्रसाद आचार्यले रामेछाप जिल्लामा अझै कोरोना भाइरसको प्रभाव समुदायस्तरमा नपुगिसकेको बताएका छन् ।


जनता भ्वाइससँग कुराकानी गर्दै डाक्टर आचार्यले रामेछाप जिल्लामा पछिल्लो समयमा कोरोनाभाइरस कोभिड १९का बिरामीहरूको संक्रमण बढ्दै गएको अवस्थामा जनस्तरमा त्रास फैलिइरहँदा समुदायस्तरमा नै कोरोनाको प्रभाव पुगिनसकेको बताएका हुन् ।


जिल्लाका विभिन्न पालिकाहरुमा भएको आइसोलेशन वार्डहरुमा रहेका विरामीहरुमा खासै ठूलो र असामान्य लक्षणहरु देखिएको छैन । यसै सन्दर्भमा थप प्रष्ट पार्दै आचार्य भन्छन्,
‘हाल जिल्लामा भएका आइसोलेसन कक्षहरुमा भएका बिरामीहरुमा सामान्य रुघाखोकी, ज्वरो तथा झाडापखालाको समस्या भन्दा बाहेक अन्य केही ठूलो समस्या रहेको छैन । यस्ता प्रकृतिका विरामीहरुलाई हामीले नै यहाँ उपचार गर्न सम्भव भएको छ । जटिल अवस्था कुनै बिरामीको भयो भने हामी उहाँहरुलाई थप उपचारका लागि काठमाडौं पठाउँछौं ।’ डाक्टर आचार्यले प्रष्ट पारेका छन् ।


जिल्लाको कुनै पनि स्थानमा सम्भावित संक्रमित भए र उहाँहरुले होम आइसोलेशनमा बस्न चाहने अवस्थामा पालिकाहरुसँग त्यसको सम्भाव्यता बुझेर मात्रै बस्न दिने उनी बताउँछन् ।

यदि सम्बन्धित पालिकाको स्वास्थ्य शाखाले उहाँहरुलाई उपचारको प्रभावकारी प्रबन्ध गर्न सक्छ भने मात्रै सो सेवा उपलब्ध हुन सक्छ, अन्यथा सम्भव नहुने आचार्यको भनाई रहेको छ ।
पछिल्लो समयमा मन्थली नगरपालिकाका एक कर्मचारी कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसेको सम्बन्धमा विभिन्न टिकाटिप्पणीहरु आएको सन्दर्भमा डाक्टर आचार्यले सो कुरा बताएका हुन् ।


यसै सम्बन्धमा उनी अगाडि भन्छन्, ‘सामान्य अवस्थाका बिरामी तथा रोगको लक्षण नदेखिएको तर कोरोना पोजेटिभ भएको बिरामीहरुका लागि होम आइसोलेशन उपलब्ध हुन सक्छ । तर त्यो पनि अत्यन्तै बडा अनुशासनको परिधिमा बस्ने मन्जुरी भएमा मात्र । यस्तो अवस्थामा उहाँहरुका लागि सामाजिक उत्तरदायित्व पनि झनै हुने नै भो । समाजमा अन्यत्र यसको फैलावट नहोस् भनेर यो कडाई गरिएको हो । उहाँहरुलाई आवश्यक चिकित्सकीय सेवाका लागि सम्बन्धित पालिकाहरुले व्यवस्था गर्नु पर्छ ।’


आचार्य आइसोलेशनमा बसेका बिरामीहरुमा अत्यन्तै ठूलो मनोबैज्ञानिक असरले प्रभाव राख्ने बताउँछन् । देख्दा बिरामीलाई केही भएको हुँदैन तर उहाँहरुले १४–१४ दिनसम्म आइसोलेशनमा बसिरहनु पर्दा आफ्ना व्यवहारिक कामहरु लथालिङ्ग हुने तथा आफूमा भएको कोरोना पोजेटिभ नै गलत नतिजाका कारण आएको हो कि भन्ने भ्रम रहेको बताउँछन् ।


‘आइसोलेशनमा बसेका बिरामीहरुका लागि मनोपरामर्श कत्तिको उपयुक्त हुन्छ ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा आचार्य भन्छन्,

‘यो मनोपरामर्श आवश्यकता चाहिँ छ, तर त्यसको व्यवस्था गर्न राज्यले नै सकेको छैन । अझ भन्दा राज्यले मनोपरामर्शको व्यवस्था देशैभरि कहिँपनि गरेकै अवस्था छैन । आइसोलेशनमा बसेका बिरामीहरुसँग दूरी कायम राख्नुपर्ने भएको कारणले पनि यस्तो सम्भावना नदेखिएको हुन सक्छ ।’


आइसोलेशनमा बसेका बिरामीहरुलाई मानसिक रुपमा संकट पैदाहुने भएको कारण मनोपरामर्शको व्यवस्था हुन सके त्यसको प्रभावकारिता राम्रो हुने डाक्टर आचार्यको ठम्याई रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मन्थली नगरपालिकाको विज्ञप्ती प्रति टिकाटिप्पणी, कस्ता हुन्छन् होम आइसोलेशनका मापदण्डहरु ?

Next Post

कोरोनाका कारण मृत्यु हुनेमा एशियामा भारत पहिलो भने विश्वमा नै तेस्रो मुलुक बन्दै

Next Post
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

कोरोनाका कारण मृत्यु हुनेमा एशियामा भारत पहिलो भने विश्वमा नै तेस्रो मुलुक बन्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.