Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

युरिया मल खरिदमा ठगिए कृषक, वितरक र साल्ट ट्रेडिङ बीच नै मिलेमतोको आशंका

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
युरिया मल खरिदमा ठगिए कृषक, वितरक र साल्ट ट्रेडिङ बीच नै मिलेमतोको आशंका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ०२ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
खेतमा लगाएको धान गोडिसकेर रसायनिक मल नपाउँदा मन्थलीका कृषकहरु हैरान भएका थिए । आज जब रामेछाप नगरपालिका वडा नं. ६ मा कार्यालय रहि मन्थलीमा सेवा केन्द्र रहेको कृषक जागरण कृषि सहकारी संस्थाले १ सय ६६ बोरा युरिया मल ल्याउँदा मरुभूभिमा पानी पाउँदा खुशी भएको प्राणी जस्तै कृषकहरुले हारालुछ गरे ।


वितरण सुरु आज बिहानबाट नै गरिएको थियो । तर यति चाँढो उक्त मल कृषकहरुले खरिद गरे कि, जुन बिहान करिब १० बज्दा सकिइसकेको थियो ।


कृषक जागरण कृषि सहकारी संस्थाले वितरण गरेको रसायनिक मल युरिया आज कृषकहरुलाई वितरण गरिरहँदा त्यसको बनेपामा रहेको साल्ट टे«डिङ्गले लगाएको खुद् मूल्य प्रतिबोरा ८ सय ४६ रुपैया रहेको उक्त कार्यालयका निमित्त कार्यालय प्रमुख सुरेन्द्र अवाले बताउँछन् ।


बनेपाबाट मन्थलीसम्म ल्याउँदा उक्त मलको प्रतिबोरा (ढुवानी, लोड अनलोड लगायत) १ सय ९० रुपैयाँ पर्ने देखिन्छ । यसर्थ उक्त मलको मन्थलीको मूल्य १ हजार ३६ रुपैयाँ पर्ने हो । तर आज कृषकहरुसँग लिएको प्रतिबोराको मूल्य १ हजार ८ सय रुपैयाँ रहेको उक्त सहकारीका वितरक पदमबहादुर लामा बताउँछन् ।


केहिदिन अघि कृषक जागरण कृषि सहकारी संस्थाका वितरक लामाले एमोनियम सल्फेट नामक मलको लागि कर्पोरेशनलाई १ हजार ४ सय ४६ रुपैयाँ बैंक डिपोजिट गरेको लामाले बताएका छन् । तर सो रकम डिपोजिट भौचर हामीले माग्दा समेत उनले दिन आनाकानी गरिरहेका छन् ।


जनता भ्वाइसले उल्लेखित मलको विषयमा बनेपाको साल्ट टे«डिङ कर्पोरेशनका निमित्त कार्यालय प्रमुख अवालेलाई ‘१ हजार ४ सय रुपैयाँको एमोनिम सल्फेट मलको रकम लिएर किन ८ सय ४० रुपैयाँ बोराको युरिया मल पठाउनु भयो ?’ भन्ने जिज्ञासामा अवाले भन्छन्, ‘हो हामीले एमोनिया सल्फेट नामक मलका लागि नै १ हजार ४ सय ४६ रुपैयाँ लिएका हौं । तर मल लोड गर्ने कामदारहरुले युरिया लोड गरिदिएछन् । त्यो विषयमा के भएको हो, म सम्बन्तिध निकायसँग सोधेर भन्न सक्छु ।’


यस विषयमा अवालेले पनि तथ्यगत रुपमा जवाफ दिएका छैनन् भने यता एमोनिम सल्फेट नामक मल वितरण गर्ने कृषक जागरण कृषि सहकारी संस्थाका वितरक लामा भने आफूले मल नहेरेको र आफूलाई समेत थाहा नभएको बताउँछन् ।


आज कृषकहरुले १ हजार ३६ रुपैयाँमा मन्थली मा नै पाउनु पर्ने युरिया मललाई १ हजार ८ सय रुपैयाँ तिर्न बाध्य भएका छन् । १ हजार ८ सय रुपैयाँ तिर्छु भन्दा पनि कृषकहरुले पर्याप्त मल पाउन सकेनन् । प्रतिबोरा ७ सय ६४ रुपैयाँ युरियामललाई बढी तिर्न बाध्य कृषकहरुलाई अब कसले न्याय दिने ? चोटिलो प्रश्न उठेको छ ।


यस विषयमा थप खोजी भइरहेको छ । केही समयमा आम पाठकवृन्दहरुमाझ थप रिपोर्ट पस्किने छौं ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

प्रश्न र अभिसप्त

Next Post

मल बेच्दा कृषक ठग्ने नियन्त्रणमा, कृषक जागरण सहकारीको मल बिक्री केन्द्र सिल

Next Post
सिन्धुली अस्पतालले डाक्टर न्यौपानेलाई दियो स्त्री तथा प्रसूति विभागको जिम्मेवारी, आफूमा थप दायित्व थपिएको उनको भनाई

मल बेच्दा कृषक ठग्ने नियन्त्रणमा, कृषक जागरण सहकारीको मल बिक्री केन्द्र सिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...