मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड मन्थली माविकै पोल्टोमा


रामेछाप । रामेछापको मन्थलीमा सम्पन्न मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड हरेक वर्ष जस्तै मावि मन्थलीले उचालेको छ ।

माविले ३३ वटा स्वर्ण सहित प्रथम स्थान हासिल गरी शिल्ड उचाल्न सफल भएको हो ।


त्यसैगरी कर्कला देवी इङलिस बोर्डिङ स्कुलले दोस्रो स्थान हासिल गरेको छ भने रुद्राक्षेश्वर मावि मुगिटारले तेस्रो स्थान हासिल गरेको छ ।
बिजयी प्रतियोगिहरुलाई आइतवार नै एक समारोहका साथ पुरस्कार बितरण गरिएको थियो ।


तीन दिन सम्म चलेको उक्त प्रतियोगितामा मन्थली नगरपालिकाका २२ वटा माध्यामिक बिद्यालयहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिकृया दिनुहोस्