सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्ष जेल सजाय


काठमाडौ – सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको आरोप लगाउने किशोरीलाई  हुने भएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई  बलात्कारको आरोप लगाएको आरोपमा साढे तीन वर्ष जेल सजाय हुने भएको हो । जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्षको जेल सजाय तोकेको हो ।

फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष उक्त किशोरीको घरमा आएको, आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि किशोरीकै घरमा बसेको बयान किशोरीले दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन ।बयानको क्रममा पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए ।

सहमतिमा यौन सम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको अदालतको ठहर भए पछि किशोरीलाई अदालतले जेल सजाए तोकेको हो।  युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई  अदालतले सफाइ दिएको छ ।

गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

तपाईको प्रतिकृया दिनुहोस्