चैत १८ रामेछाप । म्यादी प्रहरीमा भर्ना हुन आएका एक किशोरको तामाकोशी नदीमा डुबेर ज्यान गएको छ । दोरम्बा शैलुङ् गाउँपालिका वडा नं २ का ईशान विकको मन्थलीको तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि ‘म्यादी प्रहरी’मा भर्ना हुन आएका थिए ।
म्यादी प्रहरी भर्ना प्रक्रियामा यति बेला रामेछाप प्रहरि जोडतोडका साथ लागि रहेको छ ।आज मन्थली स्थित हाटेचौरको खेलमैदानमा आवेदकहरूले लिखित परिक्षा दिए ।
उनको सव नदीबाट केही बेर अगाडि निकालिएको छ । शवलाई पोस्टमार्टमका लागि लगिएको रामेछाप प्रहरिले बताएको छ ।